रत्ननगर उवासंघको मत गणना जारी : गिरी सहितको प्यानल अगाडि

0
179
फोटो : कालिका दैनिक ।

चितवन / रत्ननगर उद्योग वाणिज्य संघको २१औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्गत अहिले मत गणना जारी रहेको छ । मत गणना अनुसार ७ सय मत गणना हुँदा बरिष्ठ उपाध्यक्ष मा शंकर गिरिको ३ सय ५७ मत र देवेन्द्रकुमार श्रेष्ठले ३ सय २० मत प्राप्त गरेका थिए । हाल सम्मको परिणाम अनुसार ३७ मतले नेकपाका उम्मेद्बार गिरी आगाडी रहेका छन । यस अगाडि नेकपा प्यानलका एसोसिएट उपाध्यक्षमा राममणी थपलिया बिजयी भएका छन । थपलियाले ६६ मत र उनका प्रतिद्वन्दी नेपाली कांग्रेस प्यानलका हरि अधीकारीले ५३ मत प्राप्त गरेका थिए ।
सोमबार होटल स्टार बेन्कुट्मा सम्पन्न भएको मतदानमा संघका १३ सय २५ मतदाता मध्ये ११सय ९१ अर्थात करिब ९० प्रतिशत मत खसेको थियो । मंगलबार संघको भवनमा केहीबेर अगाडि बिहान १० बजेबाट मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण अधिकारीले जानकारी दिए ।
त्यस्तै एसोशियट अन्तर्रगत १ सय ५० मतदाता मध्ये १ सय २१ मत खसेको थियो । संघको वरिष्ठ उपाध्यक्षमा बिजयी हुने नै अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने संघको बिधानमा उल्लेख्य भएकोले वरिष्ठ उपाध्यक्षको चुनाबी प्रतिस्पर्धालाई बढी महत्त्वको रूपमा हेर्ने गरिएको छ । सो निर्वाचनमा नेकपा र नेपाली कांग्रेसले प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए ।
बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा रहेको छ । वणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसका कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटी उम्मेदवारी रहेको थियो । उद्योग तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसका निरञ्जन थापा, एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया ६६ र राप्रपाका हरिप्रसाद अधिकारी ५३ वीच प्रतिस्पर्धा रहेको छ । अधिकारीलाई नेपाली काङ्ग्रेस प्यानलको समर्थन रहेको छ ।
महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल तथा कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती बीच प्रतिस्पर्धा रहेको छ ।
बाणिज्य सदस्यको लागि नेकपाबाट अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्य प्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिरे र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ, यामनाथ आचार्य, हेमराज आचार्य, कृष्ण चौधरी, सागर दुवाडी, सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल चुनावी मैदानमा छन् ।
उद्योग तर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराई वीच प्रतिस्पर्धा रहेको छ ।
महिला सदस्यमा नेकपाबाट निर्मला सुवेदी र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन । बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भइसकेका छन । भट्ट र मैनाली नेपाली कांग्रे्रेस निकट र महतो तथा सागर नेकपा निकटका व्यबसायी हुन् ।
संघको ९औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ भने ७ सदस्य भने कार्य समितिले मनोनित गर्ने संघको विधानको व्यवस्था रहेको छ ।