रत्ननगर उवासंघको वरिष्ठ उपाध्यक्षमा गिरी विजयी (फोटो फिचर)

0
105

चितवन / रत्ननगर उद्योग वाणिज्य संघ चितवनको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी विजयी भएको छ । संघको २१औं साधारण सभा तथा नवौं अधिवेशनबाट नेकपा प्यानलका गिरीले ६०४ मत प्राप्त गरी विजयी भएका हुन् । विजयी गिरीका प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकटका उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ५४५ मत प्राप्त गरेका थिए ।


संघको वरिष्ठ उपाध्यक्षमा विजयी हुने नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने संघको बिधानमा उल्लेख भएकोले वरिष्ठ उपाध्यक्षको चुनाबी प्रतिस्पर्धालाई बढी महत्वको रूपमा हेर्ने गरिएको छ । सो निर्वाचनमा नेकपा र नेपाली कांग्रेसले प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए ।
वाणिज्यतर्फको उपाध्यक्षमा नेकपा निकटका भीमनारायण श्रेष्ठले ५३७ मत प्राप्त गरि विजयी भए भने नेपाली काँग्रेस निकटका कविन घिमिरेले ३७७ मत तथा स्वतन्त्र उम्मेदवार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका थिए ।
उद्योगतर्फको उपाध्यक्षमा नेकपाका निकटका पुरु खनाल ५८९ मत प्राप्त गरि बिजयी भए भने नेपाली काँग्रेस निकटका निरञ्जन थापाले ५४१ मत प्राप्त गरेका थिए ।


एसोसिएट उपाध्यक्षमा नेकपा निकटका राममणी थपलिया बिजयी भएका छन् । थपलियाले ६६ मत र उनका प्रतिद्वन्दी नेपाली कांग्रेस प्यानलका हरि अधीकारीले ५३ मत ल्याएका थिए । अधिकारी राप्रपा निकटका व्यवसायी हुन । महासचिवमा नेकपा निकटका निराजन खनाल ६१० मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेस निकटका व्यबसायी माधवप्रसाद पौडेलले ४६० मत प्राप्त गरेका थिए ।
त्यसैगरी कोषाध्यक्षमा नेकपा प्यानलका उपेन्द्र शर्मा आचार्य ६४० मत प्राप्त गरि बिजयी भएका छन भने उनको प्रतिद्वन्दी नेपाली काँग्रेस प्यानलकी मीना उप्रेतीले ४७३ मत प्राप्त गरेकी थिईन् । उद्योग तर्फ सदस्यहरुमा नेकपा निकटका व्यावसायीहरु अनुप विसुराल ६४५ मत, सुवास मिश्र ५५० मत, उद्धबकुमार कोइराला ५३७ मत, रामप्रसाद पाण्डे ५६१ मत, महेन्द्र घिमिरे ६०० मत, विरञ्जना सापकोटा ६३९ मत प्राप्त गरी बिजयी भएका हुन ।


त्यसैगरी नेपाली काँग्रेस निकटका ब्यबसायीहरु बुद्धिराज ओझाले ३७७ मत, अरुणकुमार सिवाकोटीले ४०९ मत, शम्शेर घामल्यले ४४२ मत, सविन मानन्धरले ४७१ मत कपिल ढकालले ४२२ मत र हरिशरण भट्टराईले ४०७ मत प्राप्त गरेका थिए ।
वाणिज्य सदस्यमा नेकपा निकटका व्यावसायीहरु अर्जुन बस्ताकोटीले ५४० मत, इश्वरीप्रसाद अर्यालले ६१२ मत, रामशरण नेपालले ६५९ मत, सुन्दरमणि सुवेदीले ६०६ मत, सुरेन्द्र दुवाडीले ६८५ मत, सुर्य प्रकास रेग्मीले ६८९ मत, प्रकासमणि सापकोटाले ५७८ मत र उत्तम घिमिरेले ५६८ मत प्राप्त गरी बिजयी भएका छन् । नेपाली काँग्रेस निकटका व्यावसायीहरु सुरेन्द्रकुमार श्रेष्ठ ५१३ मत, यामनाथ आचार्य ४७० मत, हेमराज आचार्य ४९४ मत, कृष्ण चौधरी ५३७ मत, सागर दुवाडी ५२३ मत, सिताराम भट्टराई ४९४ मत, बुद्धराम जोशी ५२२ मत र सुर्यकान्त पौडेलले ३७० मत प्राप्त गरेका थिए ।
महिला सदस्यमा नेकपा निकटकी निर्मला सुवेदी ६२१ मत प्राप्त गरी बिजयी भईन् । उनको प्रतिद्वन्दी नेपाली काँग्रेस निकटकी ब्यबासायी उर्मिलादेबी पोखरेलले ४७७ मत मात्र प्राप्त गरेकी थिईन ।
बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट, बस्तुगत सदस्यमा शिबराज मैनाली र एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भइसकेका छन् । भट्ट र मैनाली नेपाली कांग्रेस निकट र महतो तथा सागर नेकपा निकटका ब्यबसायी हुन् ।
सोमबार सम्पन्न भएको मतदानमा संघका १३ सय २५ मतदाता मध्ये ११ सय ९१ अर्थात करिब ९० प्रतिशत मत खसेको थियो । त्यस्तै एसोशियट अन्तर्रगत १ सय ५० मतदाता मध्ये १ सय २१ मत खसेको थियो । संघको ९औं अधिवेशनले वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ भने ७ सदस्य भने कार्य समितिले मनोनित गर्ने संघको बिधानको व्यवस्था रहेको छ ।