काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता बहुमूल्य पूँजी भएको बताउनुभएको छ ।
आज तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ), यमरी पूर्णिमा, उद्यौली पर्वहरुको शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षकोरुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको हो ।
सन्देशमा भनिएको छ, ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । हाम्रा प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।’ नेपालका यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको पनि बताउनुभएको छ । ‘विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो,’ सन्देशमा भनिएको छ, ‘यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्ने अभियानमा छौं ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हो’ : प्रम
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












