२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

देवघाटमा हुने माघे संक्रान्ति मेला स्थगित

प्रकाशित मिति : २०७७ पुष २१ गते
Photo: THT/ File

चितवन / यस वर्ष देवघाटमा माघेसंघान्ति मेला नहुने भएकोे छ । कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे संक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्र विकास समितिले जनाएकोे छ ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे संक्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्यांक छ ।
कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसंक्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं ।’ स्वास्थ्य सर्तकता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उहाँको भनाइ छ ।
देवघाटमा माघे संक्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् । मेला व्यवस्थापन गर्न तीन जिल्ला चितवन, तनहुुँ र नवलपरासीका सुरक्षा निकाय खटिने गर्दथे । पुस मसान्तमा बेनीमा लिङ्गे गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ । मेला नभए पनि विधि भने पूरा गरिने जनाइएको छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हँुदै जाने विश्वास गरिन्छ ।
भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11