२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

प्रधानमन्त्री कप बाग्मती प्रदेश छनौट प्रतियोगितामा चितवन विजयी

प्रकाशित मिति : २०७७ पुष २२ गते
Photo : Narayani Online

चितवन / संघर्ष पौडेलको कप्तानीमा रहेको चितवनले प्रधानमन्त्री कप बाग्मती प्रदेश छनौट प्रतियोगिताको उपाधि जितेको छ । आज (मंगलबार) टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९३ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
कप्तान संघर्ष र आकाश थापा चक्किदा काठमाडौं लज्जास्पद हार व्यहोर्न बाध्य भएको हो । चितवनले दिएको २६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५.४ ओभरमा ६७ रनमै अलआउट हुन पुग्यो । काठमाडौंले खाता नखोल्दै पहिलो विकेटको रुपमा ओपनर रविन जोशीलाई गुमाउन पुग्यो ।
पहिलो ओभरको दोस्रो बलमा उनी दीपेश श्रेष्ठको बलमा क्याच आउट हुन पुगे । टिमको स्कोर ९ रन हुँदा दोस्रो विकेटको रुपमा नरेश चन्द आउट भए । उनले ४ रन मात्रै जोड्न सके । काठमाडौंले थप एक रन जोड्दा तेस्रो विकेटको रुपमा जितेन्द्र सिंह ठकुरीलाई गुमाउन पुग्यो । उनी गौतम केसीको बलमा डकआउट हुन पुगे । टिमको स्कोर १८ रन हुँदा विपिन विक्रम शाही व्यक्तिगत ७ रन बनाएर आउट भए । उनलाई संघर्ष पौडेलले कटएण्ड बोल्ड आउट पारे ।
राष्ट्रिय टिमबाट खेलि सकेको इशान पाण्डे पाँचौं विकेटको रुपमा व्यक्तिगत ५ रनमा आउट भए । उनले संघर्ष पौडेलले नै बोल्ड आउट पारे । २६ रनमा छैठौं विकेटको रुपमा सुमन उदय खाता नखोल्दै आउट हुन पुगे । उनलाई डानिस इक्वालले आउट पारे । २९ रनमा सातौं विकेटको रुपमा आउट भएका विभात्सु थापाले ७ रन बनाए । उनलाई संघर्षले नै पेभिलियनको बाटो देखाए । त्यसपछि काठमाडौंको पारी रजत तिमिल्सिना र चन्द्र कुमार बुढाले उकास्न प्रयास गरे । यी दुईले २८ रनको साझेदारी गर्दै टिमलाई ५७ रनको अवस्थामा पु¥याए । तिमिल्सिनाले १५ र बुढाले ९ रन बनाए । यी दुवैलाई पनि संघर्ष पौडेलले नै आउट पारे । टिमको स्कोर ५७ रन हुँदा तिमिल्सिना आठौं विकेटको रुपमा आउट भए भने ६५ रनको अवस्थामा बुढा आउट पाए । ६७ रनको अवस्थामा संजम रेग्मी आउट भएपछि काठमाडौं सस्तैमा समेटिन पुग्यो ।
काठमाडौंलाई सस्तैमा समेट्न चितवनका कप्तान संघर्ष पौडेलले महत्वपूर्ण पाँच विकेट लिए । ८ ओभर बलिङ गरेका संघर्षले २ मेडन राख्दै २५ रन खर्चिए । यस्तै दीपेश श्रेष्ठले २, गौतम केसी, दिवस आचार्य र डानिस इक्बालले समान एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको चितवनले आकाश थापाको शतकिय पारीको मद्धतमा निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २६० रन जोडेको थियो । टस हारेर पहिले व्याटिङ गरेको चितवनले उत्कृष्ट सुरुवात गरेको थियो । टिमको स्कोर ४९ रन हुँदा पहिलो विकेटको रुपमा रोबिन शर्मालाई गुमाएको थियो । शर्मा २४ रनमा सन्जम रेग्मीको बलमा एलबी डब्लु धरापमा परे ।
यस्तै ९४ रनको अवस्थामा दोस्रो विकेटको रुपमा चितवनले अजित भण्डारीको विकेट गुमायो । भण्डारीले १६ रन बनाए भने १४९ रनको अवस्था तेस्रो विकेटको रुपमा गौतम केसीलाई गुमाएको थियो । केसीले २१ बलमा ३२ रन बनाए । यसैगरि १९१ रनको अवस्थामा चौथो विकेटको रुपमा चितवनले दीपेश श्रेष्ठलाई गुमाउन पुग्यो । उनले १९ रनको योगदान दिए । चितवनले पाँचौं विकेटको रुपमा महत्वपूर्ण पारी खेलेका आकाश थापालाई गुमाउन पुग्यो । थापाले ११९ बलमा १३६ रन बनाए । उनले १४ चौका र ५ छक्का प्रहार गरे । उनलाई इशान पाण्डेले रनआउट पारे । छैठौं विकेटको रुपमा प्रतिक श्रेष्ठ २५ रनमा रनआउट भए । उनलाई पनि इशान पाण्डेले नै रनआउट पारे । स्वप्निल अधिकारी ३ रनमा अविजित रहे ।
काठमाडौंका लागि चन्द्र कुमार बुढा, सुमन उदय, संजम रेग्मी र अरियो पौडेलले समान एक विकेट लिए ।
फाइनलमा खेलमा महत्वपूर्ण पाँच विकेट लिएका संघर्ष पौडेल प्लेयर अफ दि म्याच घोषित भए । फाइनल खेल हेर्न चितवन क्रिकेट संघका उपाध्यक्ष सुदिप पिया पुगेका थिए । चितवन बिना प्रशिक्षक प्रतियोगितामा सहभागिता जनाएको थियो । विजेता टिम चितवनलाई बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात र कोषाध्यक्ष अनिल अधिकारीले ट्रफी प्रदान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96