२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

सौराहामा १० करोडको लगानीमा पर्यटकीय बसपार्क निर्माण हुँदै

प्रकाशित मिति : २०७७ माघ ६ गते

–सुरक्षा न्यौपाने
चितवन । पूर्वी चितवनको मुख्य केन्द्र सौराहामा पर्यटकीय बसपार्क निर्माण गर्ने भएको छ । सौराहा प्रवेश गर्ने चित्रसारी पुल पारिको सार्वजनिक जग्गामा बसपार्क निर्माण गर्न लागिएको हो । सौराहामा आउने पर्यटकीय साधनको पार्किङका लागि रत्ननगर नगरपालिकाको सक्रियतामा वडा नम्बर सातस्थित मैनाहमा सुविधायुक्त बसपार्क निर्माण गर्न लागिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।
प्रमुख वनका अनुसार करिब १० करोडको लागतमा बसापार्क बनाउन लागिएको हो भने सोमबार बसपार्कको सर्वे गरिएको थियो । सार्वजनिक जग्गा संरक्षण गरेर त्यसैमा बसपार्क बनाउन लागेको उनले बताए । पर्यटकीय बसपार्कसहित पर्यटन सूचना केन्द्र र पर्यटन प्रहरी समेत राखिने बताइएको छ ।
उक्त बसपार्कमा व्यावसायिक प्रयोजनका सटर समेत निर्माण गरिने छ भने हाल जग्गामा अस्थायी बसपार्क संचालन गरिएको छ । हाल सौराहाबाट काठमाडौँ, पोखरा र लुम्बिनीका लागि बस आउने जाने गर्दछन् । दैनिक सात सय पर्यटक तथा पर्यटकीय बस मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।
सौराहका लागि सामान्य दिनमा काठमाडौंबाट दैनिक आठ, पोखराबाट चार वटा र लुम्बिनीबाट दुई वटा बस संचालन हँुदै आएको छ । उनले बसपार्क बनेपछि ठूला साधनलाई सौराहा प्रवेशमा रोक लगाइने उनको भनाइ छ । पर्यटन विभागले निर्माणको लागि डिपीआर बनाउन लागेको हो भने करिब २ बिगाहको क्षेत्रफलमा उक्त बसपार्क निर्माण हुने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20