March 28, 2024

वीरगञ्जका एकै परिवारका १८ जना कोरोनामुक्त

May 25, 2020

वीरगञ्ज । विश्वभर कोरोना संक्रमित बढ्दै गइरहेको बेला थोरै भए पनि संक्रमित निको हुने क्रम जारी रहेको छ । यसले केही मात्रामा भएपनि मानव जातिमा राहत दिएको महसुस हुन्छ ।
कोरोना संक्रमणबाट नेपालमा आइतबार राति वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । उनी एकै परिवारका सदस्य हुन् ।
उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेको र नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेको अस्पतालका डा. उदयनारायण सिंहले बताए ।
डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -