२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

आफ्नै पार्टी फुटाउने र सरकार ढालेर देशलाई अस्थिरतामा धकेल्न खोज्ने प्रतिगमनकारी : गृहमन्त्री बादल

प्रकाशित मिति : २०७७ माघ १७ गते

चितवन / गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै पार्टी फुटाउने र आफ्नै सरकार ढालेर देशलाई अस्थिरतामा धकेल्न खोज्ने पुष्पकलम दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरूको कदमचाँही प्रतिगमनकारी भएको बताउनुभएको छ । आज चितवनमा आयोजित नेकपाको जनसभालाई संवोधन गर्दै गृहमन्त्री थापाले सरकारको कदम संवैधानिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ यो विशाल जनसमुदायको जनसभाले नै पुष्टि गर्छ सरकारको कदम संवैधानिक छ ।’
सविधानको निर्माता र व्याख्यता जनता भएको भन्दै असंवैधानिक भन्नेलाई अहिलेको सभाले जवाफ दिएको थापाले बताउनु भयो । देशभर निर्वाचनको माहोल सुरु भएको भन्दै उहाँले आधा युद्ध जितिसकेको बताउनु भयो । ‘हाम्रो पार्टीले नयाँ युद्ध आधा जितिसकेको छ र आगामी निर्वाचन पनि जित्ने छ ।’ उहांँले भन्नुभयो ।
सरकारले उठाएका कदम र कामलाई जनसभाले अनुमोदन गरेको गृहमन्त्री थापाले बताउनु भयो।फुटको र गुटको पक्षममा जनता नभएको भन्दै उहाँले जनता एकता र जुटको पक्षमा रहेको बताउनुभयो । उहांँले फुट र गुटवादीलाई जनसभाले जवाफ दिएको बताउनुभयो । यो देशमा शान्ति र स्थायित्व चाहिने भन्दै उहाँले जनताको लागि विकास र प्रगति आवश्यक रहेको थापाको भनाई थियो ।
संसद विघटनको उद्धेश्यलाई स्पष्ट पार्दै थापाले भन्नुभयो,‘उनीहरुको षडयन्त्रलाई विफल पार्न सरकारले कदम उठाएको हो, अस्थिरता चाहनेहरुको षडयन्त्र रोक्नका लागि संसदको विघटन गरिएको हो ।’उहांँले भन्नुभयो ।उहाँले प्रचण्ड समुहलाई इगित गर्दै निर्वाचनमा सहभागी हन आग्रह गर्नुभयो । ‘नेकपाको झण्डामुनी आउनुस्, गोलबन्द हुनुहोस्, पार्टीमा पुन फर्किनुस् गल्ती स्वीकानुहोस् ।’ उहांँले भन्नुभयो ।
देशलाई अस्थिरताको भुमरीमा होम्न प्रचण्ड–नेपालहरू सक्रिय रहेको भन्दै उहाँले तीन तीन पटक प्रधानमन्त्री भएर अवशर पाउँदासमेत प्रचण्ड र बाबुरामले युद्धका घाइते, सहिद परिवार र योद्धाका लागि केही गर्न नसकेको बताउनुभयो । उहाँले बरु आफ्नो सरकारले घाइतेहरूको निःशुल्क उपचार र बेपत्ता परिवाहरुको लागि परिचयपत्र सहित छुट्टै व्यवस्था गरिरहेको बताउनुभयो ।
गृहमन्त्री थापाले सिंगोदेश निर्वाचनमा होमिसकेको बताउनुभयो । प्रधानमन्त्री हुन अवशर खोजेर बसेकाहरूले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो,‘अवशरवादीहरुलाई पनि म आमन्त्रित गर्न चाहन्छु,निर्वाचनमा सहभागी हुनुहोस्, प्रधानमन्त्री हुने अवशर निर्वाचन हो । ’उहाँले भन्नुभयो,े‘आउनुहोस्, हेर्नुहोस् जनता हामीसँग छन्, निर्वाचन जित्ने भए हामीसँग आउनुहोस् मतपत्र च्यात्न आवश्यक छैन, जनता हामीसँग छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20