२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

रुकुम भएको घटनाको दिप प्रज्वलन गरी सांकेतिक विरोध

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते

चितवन । पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दिप प्रज्वलन गरी ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखाले पनि सांकेतिक विरोध कार्यक्रम गरेको हो । सरकार ! अध्यारो कहाँ छ ? उज्यालो यहाँ छ भन्ने ब्यानरसहित राष्ट्रिय दलित पत्रकार संघ चितवनको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाल, क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकाल, नेपाल प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले विरोध कार्यक्रममा प्रतिनिधिमूलक ऐक्यवद्धता जनाए ।
सांकेतिक विरोध कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष अमिर रामदामले रुकुम पश्चिम घटना सिंगो दलित समुदाय माथिको आक्रमण भएको बताए । पत्रकारिता मार्फत समाज सुसूचित गर्ने क्रममा आफ्नै समुदायमा भएको अन्याय विरुद्ध एक जुट हुनैपर्ने भन्दै मानवताको लागि हातेमालो गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले रुकुम पश्चिममा भएको घटना क्षमा गर्न नसकिने कसुर मध्येको भएको बताए । नेपाली समाजमा अझै पनि यस्ता जघन्य क्षमा गर्न नसकिने अपराधले प्रश्रय पाउनु चिन्ताजनक भएको उनले टिप्पणी गरे ।
नेपाल प्रेस युनियन चितवन शाखा अध्यक्ष अनिल ढकालले जातिय विभेदकै कारण यवाहरुले ज्यान गुमाउनु परेको अवस्था कल्पनाभन्दा बाहिरको भएको बताए । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषीलाई कारवाही र समाजमा चेतना अत्यावश्यक रहेको बताए ।
सो क्रममा क्रियाशिल पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकालले जातिय विभेद उन्मूलन नारामा मात्र सिमित रहनु लज्जास्पद भएको बताइन् । समाजमा देखिएको विभेदको खाडल ज्यान लिन सक्ने अवस्थामा पुग्नुले सामाजिक चेतनास्तर माथि प्रश्न उठाएको बताइन् ।
राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका उपाध्यक्ष गोपाल विश्वकर्माले यस घटनालाई अझ शसक्तरुपमा मिडिया मार्फत कलम चलाउन सबैलाई आग्रह गरे । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत ५ मृत्यु भएका छन् भने १२ जना घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83