चितवन / प्रहरीले साढे पाँच लाख बढी लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । बाह्रघरे डेरा गरी बस्ने वर्ष ३३ का बिकल क्षेत्रीलाई लुटपाट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार निज क्षेत्रीले तनहुँ जिल्ला निवासी वर्ष ३९ की महिलाको सुनको झुम्का, सिक्री, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी, २ वटा मोवाइल र नगद सत्र हजारसहित रु पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास रुपैया बराबरको धनमाल लुटेको हो ।
भ.म.न.पा. ३ कमलनगरस्थित एकान्त स्थल (चउर)मा लगि ज्यान लिने धम्की दिई चक्कु जस्तो धारिलो हतियार देखाई कुटपिट, लछार पछार गरी कान र हातमा समेत चोट पुर्याइ उक्त महिलाको धनमाल लुटेको डिएसपी थापाले बताए ।
निज क्षेत्रीले महिलासँग फोन मार्फत चिनजान गरी विभिन्न प्रलोभन देखाइ चितवन घुम्न बोलाएर लुटेको बताइएको छ । प्रहरीले बाह्रघरेमा लुकिछिपी बसेको अवस्थामा क्षेत्रीलाई फेला पारी नियन्त्रणमा लिइएको हो ।
प्रहरीले निज क्षेत्रीको कोठाबाट सुनको सिक्री १, घडी १, मोबाइल २, फेला पारी वरामद गरेको छ । प्रहरीले बाँकी धनमालको बारेमा बुझ्दा निजले कानमा लगाउने झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भ.म.न.पा. ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको खुल्न आएको छ ।
धनमाल खरिद गर्ने सन्तोष विश्वकर्मालाई समेत तत्कालै पक्राउ गरी माघ २७ गतेबाट लागु हुने गरी जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
- ADVERTISEMENT -

चितवनमा साढे पाँच ५ लाख बढी लुटपाट गर्ने एकजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68











