चितवन / यात्रुलाई अनावश्यक रुपमा दुख दिने यातायात क्षेत्रका बिचौलियाका विरुद्धमा चितवन प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको छ । यात्रुसँग बढी भाडा माग्ने, अनावश्यक रुपमा सवारी साधन रोक्न लगाएर सवारी साधन आवागमनमा बाधा पु¥याउने लगायतका विभिन्न काममा संलग्न व्यक्तिका विरुद्ध चितवन प्रहरी कडा रुपमा प्रस्तुत भएको हो ।
पछिल्लो समय चितवन प्रहरीले यातायात क्षेत्रका ६ जना बिचौलिया पक्राउ गरेको छ । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार नारायणगढको पुलचोकमा यात्रुलाई तानातान गर्ने, यात्रुसँग जथाभावी भाडा माग्ने, अनावश्यक रुपमा सवारी साधन रोक्न लगाई सवारी आवागमनमा बाधा पार्ने जस्ता क्रियाकलाप गरी यात्रु तथा सवारीसाधनलाई अनावश्यक हैरानी दिने गरेको कारण उनीहरुलाई पक्राउ गरिएको हो ।
बिचौलियाहरुले ड्युटीमा खटिएका प्रहरीलाईसमेत पटक पटक बाधा अवरोध सिर्जना गरेको हुँदा पुलचोकबाट ६ जनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको थापाले जानकारी दिए । थापाकाअनुसार प्रहरीले लम्जुङको बेशीशहर नगरपालिका–८ का २२ वर्षीय अमृत परियार, चितवनको भरतपुर–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन रानामगर, भरतपुर–११ का ३२ वर्षीय दीलिप अधिकारी, कास्कीको पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ र चितवनको भरतपुर–४ का २५ वर्षीय रोशन खत्रीलाई पक्राउ गरेको हो ।
- ADVERTISEMENT -

यात्रुलाई दु:ख दिने ६ जना बिचौलिया पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












