२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सौराहाका होटल क्वारेन्टिन बनाउन व्यवसायी इच्छुक

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते

सौराहा, चितवन \ सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ ।
होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको अध्यक्ष भट्टराईले बताए । उनका अनुसार पाँच हजार क्षमतासम्मको होटल दिन सक्ने र हाल सौराहामा १२० वटा होटल रहेका छन् ।
यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र होटल व्यवसायी संघले नौ र नौवटा होटल क्वारेन्टिनमा दिनका लागि तयार भएका छन् ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष दीपक ढकालका अनुसार यसका अतिरिक्त नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टिनमा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । उनले भने यसअघि नै अन्य दुईवटा होटल पनि क्वारेन्टिनका रुपमा प्रयोगमा आइसकेका छन् ।
अध्यक्ष ढकालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आसपासका क्षेत्रमा रहेका होटललाई भने त्यहीको बिरामी राख्नुपर्ने भएकाले क्वारेन्टिनमा दिने सूचीमा राखिएको छैन । यस क्षेत्रका होटलले प्रतिव्यक्ति रु एक हजारदेखि एक हजार ५०० सम्म दररेट राखेका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष चुकेले स्थानीय प्रशासनलाई निर्णय गरिदिन आग्रह गरिएको र पहिलो चरणका होटलको टुङ्गो लागेसँगै अन्य होटल क्वारेन्टिनमा दिन तयार रहेको बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको छ । हालसम्म होटलको माग नभएको भन्दै उहाँले माग भएमा तत्काल निर्णय गरेर सूची सार्वजनिक गरिने बताए । हाल जिल्लामा बाहिरबाट आएका व्यक्ति स्थानीय क्वारेन्टिनमा बसिरहेका छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34