२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026
२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026 Thursday

विभिन्न संघसंस्थालाई तमु धीं युकेद्वारा साढे १३ लाख सहयोग

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते

पोखरा । तमु धीं युकेद्वारा विभिन्न शिर्षकमा रु. १३ लाख ३६ हजार सहयोग हस्तान्तरण गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सबै जातजातिलाई समेट्दै सामाजिक, शैक्षिक र खेलकुद क्षेत्र विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको तथा राष्ट्रिय विपत्तिमा समेत सहकार्य गर्नुभएको मुख्यमन्त्री गुरुङले बताए । साथै उनले तमु धीं युके परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
मुख्यमन्त्री गुरुङले भने तमु धीं युकेको तर्फबाट गण्डकी प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा रु. ५ लाख सहयोग गरेको, कोरोना कहरको बेला अग्रभागमा रही पत्रकारितामा क्रियाशील पोखराका ३०० जनाको कोरोना बिमा हुने गरी १ लाख ८० हजार रुपैयाँ समेत प्रदान गरिएको छ ।
उनका अनुसार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखराका लागि रु. २ लाख ६ हजार बराबरको ५० थान पीपीइ, ३० थान केएन ९५ मास्क, तमु (गुरुङ) कलाकार संघ नेपाल, केन्द्रीय समितिलाई १ लाख रुपैयाँ र विपन्न वर्गहरुलाई खाद्यन्न सामग्री वितरणका लागि ३ लाख ५० हजार रुपैयाँ सहयोग समेत तमु धिं युकेको तर्फबाट सहयोग गरिएको छ ।
कार्यक्रममा बोल्दै संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले दुःखको समयमा नेपालीलाई तमु धीं युकेले जहिले पनि सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताइएको छ । नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अग्रभागमा रहेर कार्य गर्ने पत्रकारको बिमा गरी दिएकोमा तमु धीं युके परिवारलाई आभार व्यक्त गरे ।
कार्यक्रममा तमु धीं युकेका पूर्व अध्यक्ष मेजर डम्बर घले, पूर्व अध्यक्ष मुछेत्र गुरुङ, गण्डकी प्रदेशका सांसदहरु मनबहादुर गुरुङ, मिनप्रसाद गुरुङ, मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, तमु धीं नेपालका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ पत्रकार हुम गुरुङ, तमु (गुरुङ) कलाकार संघ नेपालका प्रतिनिधी दुर्गा गुरुङ र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसैगरी पोखरा रंगशालामा विपन्न वर्गका परिवारका लागि खाद्यन्न सामाग्री वितरण गरिएको थियो । खाद्यन्न वितरण कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपाल र तमु साँस्कृतिक प्रतिष्ठानले सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
179.03
179.73
UK Pound Sterling
1
206.44
207.25
Swiss Franc
1
195.59
196.35
Australian Dollar
1
110.80
111.24
Canadian Dollar
1
111.63
112.07
Singapore Dollar
1
120.11
120.58
Japanese Yen
10
9.69
9.72
Chinese Yuan
1
22.51
22.59
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.72
4.74
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.89
39.04
South Korean Won
100
10.26
10.30
Swedish Kroner
1
16.40
16.47
Danish Kroner
1
23.96
24.05
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
498.91
500.87
Bahrain Dinar
1
405.25
406.84
Omani Rial
1
396.98
398.54