April 26, 2024

पाँचथरमा भेटिए पहिलो पटक कोरोना संक्रमित

June 18, 2020

पाँचथर, झापा । पाँचथर जिल्लाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिका घर भएकी २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । जेठ ३२ गतेदेखि उनी फिदिमस्थित पाँचथर बहुमुखी क्याक्पसको क्वारेन्टाइनमा बसेकी थिइन् ।
ती महिलाको असार १ गते स्वाब संकलन गरी पठाइएकोमा रिपोर्ट मंगलबार आएको प्रमुख सुवेदीले बताए । कुवेतबाट ल्याइएका उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै अन्य मुलुकहरुबाट उद्धार गरेर ल्याइएका ३ जनामा भने संक्रमण नदेखिएको सुवेदीले बताए ।
संक्रमण पुष्टि भएका महिलालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -