–सागर परियार
जुम्ला । जुम्लामा लामाे समयपछि वर्षात संगै उच्च भु-भागमा हिमपात भएकाे छ । पहिलाे पटक जुम्लामा बैशाख महिनामा हिमपात भएपछि स्थानीय किसान अचम्मीत भएका छन् । लामाे समयपछि भएकाे वर्षात स्याउ खेती,जाै बाली तथा अन्य बालीनाली तरकारी खेती सप्रिने भन्दै जुम्ली किसान खुसी भएका छन् ।
चैत महिना सम्म जुम्लामा वर्षात नभएर खडेरी परेकाे थियाे । वायु प्रदुषण बढेपछि भाईरल ज्वराे तथा सरुवा राेगका विरामी बढेका छन् । साथै हाल सम्म वर्षात नहुँदा अन्नबाली सुक्ने र उत्पादन घट्ने भन्दै जुम्ली किसान चिन्तीत भएका थिए । तर बुधबार रातभरी भएकाे भारी वर्षा संगै उच्च भुभागमा भएकाे हिमपातले किसानलाई ठुलाे राहत मिलेकाे कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकाेटाले बताउनुभयाे । उहाँले अहिले सम्म पानी नपर्दा मार्सि धानकाे बेर्ना राखिएकाे बीउ समेत टुसाउन सकेकाे थिएन् । जाै बाली सुक्ने अबस्थामा थियाे । तर अब राहत पुग्नेगरी वर्षा भएकाेले कुनै समस्या नहुने बताउनुभयाे । त्यस्तै किसानहरु अब खनजाेतकाे तयारीमा जुटेका छन् ।
पातारासीका किसान तारा बाेहाेराले अब सिमि खेतीका लागि खनजाेत गर्ने तयारी गरेकाे बताउनुभयाे । पातारासीका उच्च भुभागमा बाक्लाे हिउँ परेकाे उहाँकाे भनाई छ । पहिलाे पटक बैशाख महिनामा हिउँ परेपछि जुम्ली किसान चकित परेका छन् । जलवायु परिवर्तनका कारण दिउँदमा पर्ने हिउँ अहिले चैत बैशाखमा पर्न थालेकाे किसान लाेक बहादुर दमाई बताउँछन् ।
- ADVERTISEMENT -

जुम्लामा भारी वर्षासंगै हिमपात, किसान खुसी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













