March 29, 2024

आजै बस्दै मन्त्रिपरिषद बैठक 

May 2, 2021

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजेको लागि बोलाएको स्रोतले बतायो ।
उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीका अनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -