–सुरक्षा न्यौपाने
चितवन । नयाँ भेरीयन्टसहित फैलिएको कोरोना संक्रमणको दोश्रो लहरसँगै सेनिटाइजरको माग बढेको छ । सेनिटाइजरको प्रयोग बढ्दै गएसँगै यसको फाइदा सँगै बेफाइदा पनि रहेका छन् तर यसप्रति कतिपय जानकार देखिँदैनन् । कोभिड मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको समेत मानिसहरुले यसको प्रयोग पहिलेबाट नै गर्दै आएका छन् ।
छालारोग विशेषज्ञ डा. अचुत पोख्रेलले सेनिटाइजर प्रयोग गर्नु राम्रो बानी भएको बताए । सेनिटाइजर कस्तो बेला प्रयोग गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे निकै ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ ।
उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अवथामा हानी गर्ने बताए । छाला पहिलेदेखि नै सुक्खा हुने हुँदा यसको बढि प्रयोगले छाला सुक्खा बनाउने, छाला चिलाउने चर्कने र फुट्ने समस्या देखा पर्ने उनले भने ।
उनका अनुसार यसमा विभिन्न किसिमको रसायन मिसाएको हुदाँ त्यसलाई अनुहार शरीरको अन्य भागमा लगाउँदा एलजी हुनेछ ।
‘श्वासप्रश्वासमा पनि सिधैँ असर गर्दछ,’ उनले भने ‘आँखामा पर्यो भने चिलाउने, पोल्ने र रातो हुने समस्या हुन्छ भने सँगसँगै अन्य गम्भीर समस्या देखा पर्छ ।’
डा. पोख्रेलले सेनिटाइजर प्रयोगभन्दा साबुन पानीले हात धुनु नै उत्तम हुने बताए । मानव शरिरमा फाइदाजनक र हानिकारक दुबै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । स्यानिटाइजरको अधिकतम प्रयोगले हानिकारक ब्याक्टेरियाका साथसाथै शरीरलाई फाइदा पु¥याउने राम्रो ब्याक्टेरियालाई पनि मार्छ । शरीरमा राम्रो ब्याक्टेरीया हुनु अति आवश्यक रहने जिकिर गरे ।
सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको बताउँदै यसको प्रयोगले २० सेकेन्डपछि मात्र कीटाणु मर्ने उनको भनाइ थियो भने हात फोहोर भएको बेला सेनिटाइजरभन्दा साबुनपानीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
- ADVERTISEMENT -

कोरोना संक्रमणले बढ्यो सेनिटाईजरको माग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













