March 29, 2024

चितवनमा एकैदिन ३९२ जनामा कोरोना संक्रमण

May 8, 2021

चितवन / चितवनमा एकैदिन ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार चितवनका विभिन्न अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट अनुसार थप ३ सय ९२ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पिसिआर विधिबाट ३ सय ८१ जना र एन्टिजेन विधिबाट ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्य ३ सय २० जना भरतपुर महानगरपालिकाको विभिन्न वडाका वासिन्दा रहेका छन् ।
त्यस्तै रत्ननगरको २९, खैरहनीको ११, राप्तीको १०, कालिकाको ६ जना र माडीको ५ जना रहेका छन् । –समावेशी खबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -