Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोहरमा मोहर : रद्दि कागजबाट एग ट्रे, कमाउँछन् वार्षिक २० लाख

प्रकाशित मिति : २०७८ बैशाख ३० गते

–बबिलाल तामाङ
चितवन । खेर गइरहेका (वेस्टेज) जुनसुकै वस्तु पुनः प्रयोगमा आउँछ भने त्यसले हरेक कोणबाट फाइदा पुर्याएको हुन्छ, जसले व्यक्ति, समाजसँगै देश विकासमै टेवा पुगेको हुन्छ । खेर गएका वस्तुलाई सही ढंगबाट पुनः प्रयोग हुन सक्यो भने त्यसबाट मनग्य आम्दानी गर्न सकिने कयौं उदाहरण छन् ।
भरतपुर–१६, रामेचोकमा अवस्थित चितवन ट्रे एण्ड प्याकेजिङ उद्योगमा खेर गएका कागज (रद्दि)लाई प्रशोधन गरी अण्डालाई प्रयोग हुने ट्रे उत्पादन गरिन्छ । प्रयोगविहीन लोकल कागज, कापी, कागज, कार्टुन र छापाखानाबाट निस्कने कटिङ गरिएको टुक्रा कागज यसका कच्चा पदार्थ हुन् । कवाड व्यापारीबाट पनि रद्दि कागज ठूलो मात्रामा उठाइने गरिन्छ जुन उद्योगको मुख्य स्रोत नै मानिन्छ ।


२०६२ सालमा स्थापना भएको उक्त ट्रे उद्योगले वर्षेनि लाखौं कमाई गरेको छ भने हाल २८ जना स्थानीयवासीले रोजगार समेत पाएका छन् । उक्त उद्योगमा दैनिक पन्ध्र हजार ट्रे उत्पादन हुने गर्दछ ।
खेर गइरहेको रद्दि कागजलाई पुनः प्रयोगमा ल्याउँदा प्रदूषण पनि नहुने र स्थानीयले रोजगार पनि पाउने प्याकेजिङका संचालक दण्डपाणि भट्टले बताए । सुरुमा लगानी बढी देखिए पनि पछि लगानी खासै नलाग्ने र समाजका लागि थोरै भए पनि योगदान रहने उनको बुझाइ छ ।
उनका अनुसार रद्दि कागज पहिले ३ देखि ४ रुपैयाँमा खरिद गरिन्थ्यो । तर अहिले ह्वात्तै बढेर ३० रुपैयाँसम्म पुगेको छ । प्रतिगोटा रु. ४ मा बिक्री हुने ट्रे अहिले कच्चा पदार्थ नै महँगो भएकाले रु. ६ मा बिक्री वितरण गरिएको उनले बताए ।
‘उद्योगमा साढे दुई करोड लगानी भएको हो,’ उनले भने, ‘वार्षिक ४ करोड आम्दानी हुने र औसत नाफा २० लाख हुन्छ ।’ उद्योगमा २८ जना कर्मचारीहरुलाई नेपाल सरकारले तोकेबमोजिमको न्युनतम पारिश्रमिक १३ हजार ४ सय र अधिकतम २२ हजारसम्म दिइएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement


उनले बजारमा अण्डाको माग बढी भए ट्रेको माग पनि हुने र अण्डाको माग नभएमा उत्पादन पनि घट्ने बताए । कृषिसम्बन्धी व्यवसाय भएकाले कृषिमा निर्भर रहनु पर्ने उनले भने । व्यवसाय फोहोरमा मोहोर भने झैं छ । तर, पनि अहिलेको व्यवसायले आफूलाई आत्मसन्तुष्टि मिलेको र राम्रै सफलता मिलेको उनले बताए ।
यसअघि १५ वर्षसम्म कुखुरापालन व्यवसायमा संलग्न उनी खासै प्रगति नभएपछि एग ट्रे उत्पादन उद्योगतिर लागेका हुन् । उक्त ट्रे हाल स्थानीय बजार, काठमाडौं र पूर्वतर्फ लाहानसम्म निर्यात हुने गरिएको छ । नेपालमा ट्रे उद्योग २०५२ सालमा पहिलो पटक स्थापना भएको थियो भने चितवनमा दोश्रो २०५४ सालतिर एभरेष्ट एग ट्रे स्थापना भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98