काठमाडौं / कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ ।
मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।
मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।
सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार १ सय थपसहित हालसम्म देशभर ३ हजार २ सय क्वारेन्टिन बेडको व्यवस्था गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट तीनवटा कार्गो विमानद्वारा केही दिनभित्रै स्वास्थ्य सामग्री ५ लाख र्यापिड डाइग्नोस्टिक टेस्ट, ५ लाख सर्जिकल मास्क, ९ लाख ६२ हजार केएन ९५ मास्क, ५० हजार फेस सिल्ड, २६ सय बढी ब्याग, १४ लाख गाउन, ५० हजार गगल्स नेपाल आउने भएको छ ।
यस्तै, अर्थ मन्त्रालयका अनुसार ४१ लाख ९० हजार बढी थान विभिन्न मेडिकल उपकरण, ५ हजार ६७ एम टिक्यू अक्सिजन, ३ हजार भाइल्स रेम्डिसिभिर, १० हजार केजी बढी सेनिटाइजर, ७ सय ४० केजी टेस्ट किटसहितको औषधि पैठारी भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार क्वारेन्टिनको गुणस्तर सुनिश्चितताका लागि ८२ वा क्वारेन्टिनस्थलको अनुगमन गरिएको छ । यसरी अनुगमन गर्ने कार्य जारी राख्दै आइएको छ । देशभर हाल ८० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् भने विगत २४ घण्टामा २ सय ३३ अक्सिजन सिलिन्डर संकलन गरिएको छ भने ३ सय २६ अक्सिजन सिलिन्डर वितरण गरिएको जनाइएको छ ।
यसैगरी, १६ हजार २ सय ७८ वटा सिलिन्डर अक्सिजन भरेर विभिन्न अस्पतालमा पठाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उद्योग मन्त्रालयको समन्वयमा खाद्यन्नलगायत आवश्यक वस्तुको ढुवानीको सहजीकरण भइरहेको छ भने आपूर्तिमा कुनै प्रकारको समस्या नरहेको जनाइएको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

अमेरिका र बेलायतबाट एक करोड डोज कोरोना खोप ल्याउने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.01
153.61

European Euro
1
175.66
176.34

UK Pound Sterling
1
204.78
205.58

Swiss Franc
1
185.97
186.70

Australian Dollar
1
109.07
109.50

Canadian Dollar
1
109.13
109.55

Singapore Dollar
1
119.96
120.43

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.85
22.94

Saudi Arabian Riyal
1
40.73
40.89

Qatari Riyal
1
41.98
42.14

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.66
41.82

Malaysian Ringgit
1
37.53
37.67

South Korean Won
100
11.15
11.19

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.84
499.79

Bahrain Dinar
1
405.86
407.45

Omani Rial
1
397.42
398.98














