२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

सङ्क्रमणदरमा केही कमी, १२ अस्पतालसँग सम्झौता

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते

काठमाडौँ / काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।
अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना सङ्क्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा केही कमी आएको छ”, उहाँले भन्नुभयो ।
परीक्षण मात्रै होइन परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले तीन हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।
कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
हालसम्म महानगरपालिकामा ५९ हजार ४४५ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएको जनाइएको छ । हाल ११ हजार ४३ सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा पाँच हजार ५४१, वडा नं १६ पाँच हजार ३५२ रहेको छ भने सबैभन्दा कम वडा नं १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण हालसम्ममा ४०५ ले ज्यान गुमाएका छन् ।
महानगरमा हाल रहेका सङ्क्रमितमध्ये १० हजार ३६८ होम आइसोलेशनमा छन् भने १२८ जना संस्थागत आइसोलेशनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।
१२ अस्पतालसँग सम्झौता
कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने १२ अस्पतालसँग सम्झौता गरिसकेको छ ।
महानगरले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा, छत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल–कोरियामैत्री अस्पताल रहेका छन् ।
यसअघि महानगरपालिकाले गत वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकेको छ ।
“साना–साना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ, यी ठाउँ उपचारका लागि अन्तिम ठाउँ होइनन्, यहाँ कसैलाई जटिल समस्या भयो भने लैजानुपर्ने अस्पताल नै हो”, नगर प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिएका हौँ ।”
महानगरपालिकाको आर्थिक सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालय, नरदेवी आयुर्वेदिक अस्पताल, सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टरमा अक्सिजनसहितको उपकरण जडान गरी सेवा सञ्चालन भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51