चितवन / तत्कालिन नेकपा माओवादीले चितवनको माडी बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको दुखद् घटना भएको आज १६ वर्ष पुरा भएको छ । सशस्त्र हिंसाका बेला चितवनको माडी कल्याणपुर बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए ।
बम बिस्फोटन घटनामा ७५ जना घाइते भएका थिए । माडीवासीले आजको दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको भए पनि यसपटक कोरोनाका कारण बिगतको जस्तो कार्यक्रम नहुने देखिएको छ । १ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो ।
घटना भएको १६ वर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने हालसम्म उचित राहत पाउन सकेका छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाँदरमुढे पीडितको लागि राहतको प्याकेज ल्याउने बताएको भए पनि हालसम्म सो राहत प्याकेज कहाँ छ भन्ने अन्यौल नै छ । अहिले पनि धेरै घाइते र पीडित बनेकाहरु आफूहरुको उचित व्यवस्थापन र आवश्यक उपचार नभएको गुनासो गरेका छन् ।
घाइतेहरु धेरैले आफूहरु अंगभङ्ग भएकोले सरल र सहज जीवनयापन गर्न कठिन भएको जनाएका छन् । बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तात्कालिन नेकपा माओवादीहरूको चर्को आलोचना र बिरोध पनि भएको थियो । बाँदरमुढे घटनालाई तात्कालिन नेकपा माओवादीहरूले र अध्यक्ष प्रचण्डले समेत गम्भीर भूल र ठूलो गल्ती भएको भनी माफी समेत मागेका थिए ।
- ADVERTISEMENT -

बाँदरमुढे घटना : १६ वर्ष पूरा, पीडितको गुनासो उस्तै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













