हेटौंडा / मकवानपुर प्रहरीले निषेधाज्ञाको समयमा चल्ने अटोका चालकलाई ठूलै अपराध गरेझैँ केरकार गर्छ । लाइसेन्स र बिलबुक माग्छ । तर, टिपरलाई भने प्रहरीले चेकजाँचको क्रममा केही माग्दैन । टिपर चालकले टिपर तीव्र गतिमा चलाइरहँदा पनि प्रहरी चुपचाप बस्छ । टिपरलाई कुनै रोकतोक छैन ।
निषेधाज्ञाको समयमा प्रमुख जिल्ला अधिकारीले बिहान ९ बजेसम्म बजारमा अत्यावश्यक सामान खरिदको समय निर्धारण गरेका छन् । प्रहरीले बिहान ९ बजेसम्म चल्ने सवारीसाधनलाई चारै नाकामा चेकजाँच गरेर निषेधाज्ञा कडा बनाएको बताउँछ । तर, बिहान ९ बजेपछि साँझसम्म प्रहरीले कहिँकतै चेकजाँच गर्दैन । नागरिकहरु निर्वाध बजारमा डुल्छन् । बजार भीडभाड देखिन्छ ।
सवारीसाधनको चाँप पनि दिनभर बढ्छ । अत्यावश्यक कामबाहेकका सवारीसाधन निर्वाध चल्छन् । चोकमा प्रहरी हुन्छ तर चेकजाँच हुँदैन । रोकतोक हुँदैन ।
मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिं राठौर आफूलाई बजारमा सवारीसाधन निर्वाध चलेझैँ नलागेको बताउँछन् । बजारमा त्यस्तो छ र, खै मलाई त जानकारी भएन, एसपी राठौरले भने । उनले आफूले त्यसबारे बुझ्ने समेत बताए ।
बिहान ९ बजेपछि प्रहरीले सवारीसाधनहरु मनलाग्दी छाड्ने गरेको छ । ठूलालाई चैन, सानालाई ऐन भन्ने भनाइलाई प्रहरीले चरितार्थ गरिरहेको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाँडेले टिपरलाई नरोक्नु भन्ने आदेश छ, त्यही भएर नरोकिएको बताए । जसरी अटो चालकलाई लाइसेन्स र बिलबुक माग्नु हुन्छ त्यस्तै टिपर चालकलाई माग्नु भएको देखिएन त भन्ने प्रश्नमा अहिले कोरोना संक्रमणका कारणले नियमित चेकजाँच नभएको उनले बताए । नियमित चेकजाँच छैन, त्यही भएर हो, उनले भने । -तु खबरबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

टिपर चलाउनेलाई मस्ती, अटो चलाउनेलाई सास्ती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13











