March 29, 2024

टोकियोमा एकैदिन थप ५७० संक्रमित, स्वास्थ्य संकटकालको सम्भावना

June 25, 2021

जापान / जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ ।
जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले शुक्रबार सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका हुन् ।
उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल घोषणा गर्न सक्ने बताए ।
जापानको राजधानी टोकियो महानगरपालिकाभित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले फेरि सङ्कटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए । -एजेन्सी/एएनआई

- ADVERTISEMENT -
- ADVERTISEMENT -