२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘तामाङ समाज अमेरिका’को नेतृत्वमा विनिता चयन

प्रकाशित मिति : २०७८ असार १८ गते

चितवन / रोजगारीको सिलसिलामा प्रवासमा रहेका तामाङ समुदायको छाता संगठन ‘तामाङ समाज अमेरिका’को दोश्रो अधिवेशन न्युयोर्क स्थित क्विन्सब्रिज पार्कमा सम्पन्न भएको छ । उक्त अधिवेशनले २०२१–२०२३ को अध्यक्षमा विनिता तामाङलाई चयन गरेको छ ।
अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ भने १३ जना सदस्य निर्वाचित हुन् भने दुईजना पछि मनोनयन गर्ने गरी सम्पन्न भएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा सन्तबहादुर तामाङ, उपाध्यक्षमा किर्ता तामाङ, महासचिवमा राजु तामाङ, सचिवमा बुद्धिमान बाइबा, कोषाध्यक्षमा दिलमाया तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा बुद्धिमान घिसिङ, भोज गोम्बा, धुतराज डुम्जन, छली तामाङ, रश्मी माम्बा, लक्ष्मी लामा, राम तामाङ रहेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव भोजराज थोकरले तामाङ एकता अपरिहार्य भएको बताए । प्रमुख अतिथि थोकरले तामाङ समुदाय एकतामा सैद्धान्तिक एवं व्यवहारिक हुनुपर्ने र व्यक्तिको लहडबाजी र सतही सोच हुनुपर्नेमा जोड दिन आग्रह गरे ।
अहंकारले कुनै पनि एकता सम्भव नहुने र समुदायको हितको लागि पूर्वाग्रह एवं निषेधको भावना हरेक व्यक्तिले त्याग्नु पर्ने उनको धारणा थियो । उनले अबको नयाँ नेतृत्वले तामाङ एकताको लागि सही ढंगले दिशानिर्देश गर्नुपर्ने र पुरानो नेतृत्वको कमी कमजोरी र अदुरदर्शिताबाट पाठ सिक्नु पर्नेमा जोड दिए ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा एल्म्हर्स्ट अस्पताल न्युयोर्कका बोर्ड सल्लाहकार लुईसाङ वाईवा तामाङ, शेर्पा संघ अमेरिकाको पूर्व अध्यक्ष निमा शेर्पा, शेर्पा संघ अमेरिकाको अध्यक्ष आङ जाङबु शेर्पा, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, तमु परिवारका पूर्व अध्यक्ष डम्मरजंग गुरुङ, दर्शन ठकुरी समाज अमेरिकाको अध्यक्ष मिलन शाही, श्यामा शेर्पा समाजको अध्यक्ष ए.पी. शेर्पा, वरिष्ठ कलाकार आङगेलु शेर्पा र बिमल डाँगी, गैर–आवासीय नेपाली संघ अमेरिकाको बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जेन शेर्पा र दुर्गेश कार्की, फिप्नाको सल्लाहकार मणि वाङदेल राई, किराँत राई सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सुमन नाछिरिङ राई, प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ र महासचिव राधाकृष्ण देउजाको उपस्थिति थियो ।
कार्यक्रममा करिब ३०० जनाको सहभागिता रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39