दैलेख । चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको आठबीसकोट नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्, ज्यानमा बिसञ्चो हुन्छ ।’
अन्धविश्वास र जनचेतनाका कमीकै कारण गएको पुसको पहिलो साता कठ्यांग्रिने जाडोमा पनि प्लास्टिक ओढेर ढोको र परालको सहारामा घरबाहिरै रात कटाउन बाध्य थिइन् एक किशोरी ।
स्थानीयदेखि जिल्ला तहसम्मका जनप्रतिनिधिसमेतले छाउपडी प्रथा मुक्त गर्ने निर्णय गरे पनि दैलेखका अधिकांश गाउँमा कायमै छ ।
महिनावारी भएको बेला अहिले पनि आफूले घरबाहिरै रात काट्ने गरेको सोही नगरपालिकाकी हस्तना बोहराले जानकारी दिइन् । ‘दुःख त हुन्छ नै देउता मान्दैन । नबारेर के गर्ने रु’ बोहोराले भनिन् ।
महिलाहरूले मनैदेखि छाउपडी नछोडेसम्म राजनीतिक दल, सरकारी एवं गैरसरकारी संस्थाले गरेर मात्रै नहुने उनले बताइन् । गाउँमा अझै छाउपडी किन कायम रह्यो कारण खोज्नुपर्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।
आठबिस नगरपालिकालाई छाउपडी प्रथा मुक्त घोषणा गरे पनि महिलालाई बुझाउन नसकेकै कारण अभियान सफल नभएको नगरप्रमुख खडगराज उपाध्यायले स्वीकार गरे । ‘हामीले यसलाई अभियानका रूपमा लिएर छाउपडी प्रथा हटाउने निर्णय गरे पनि गाउँका अधिकांश महिला नछुने भएको बेला घरभन्दा टाढै बस्न चाहन्छन्,’ उनले भने । अन्धविश्वासले गर्दा महिलाले छाउपडी प्रथा छोडन् नमानेको उनको भनाइ छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
- ADVERTISEMENT -

‘छाउपडी बार्नै पर्छ, नत्र देवीदेउता रिसाउँछन’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













