२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा ‘द कालिका स्पोर्टस् हाउस’को शुभारम्भ

प्रकाशित मिति : २०७८ श्रावण ४ गते

चितवन / भरतपुर–१० सिनर्जीरोडमा खेलकुदप्रेमीहरुलाई लक्षित गरी ‘द कालिका स्पोर्टस् हाउस’को आइतबार शुभारम्भ गरिएको छ । जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रल्हाद प्रधानको प्रमुख आतिथ्यतामा द कालिका स्पोर्टस् हाउसको रिबन काटेर उद्घाटन गरिएको हो ।
उक्त स्पोर्टस् हाउस २० लाख रुपैयाँ लागतमा शुभारम्भ गरिएको हो भने खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरु उपलब्ध हुने व्यवस्थापक चन्द्रलाल जिम्बा तामाङले जानकारी दिए । खेलकुद हाउसका अर्का लगानीकर्ता रविन श्रेष्ठ हुन् ।
व्यवस्थापक तामाङका अनुसार ग्राहकलाई विशेष ध्यानमा राख्दै तीन दिन (साउन ३,४,५ गते) शुभारम्भको समय राखिएको छ । उक्त ३ दिनका लागि ग्राहकलाई खेलकुद सामग्रीहरुमा २० देखि २५ प्रतिशतसम्म छुट गरिएको उनले बताए ।


शक्तिखोर, पिठुवालगायत पूर्वी चितवनबाट आउने मानिसहरुलाई नारायणगढ बजारसम्म जान पर्ने झन्झटलाई ध्यानमा राख्दै भरतपुरमै स्पोर्टस् हाउस खोलिएको उनले बताए । हामीकहाँ रहेका सबै खेलकुद सामग्रीहरु बजार मूल्यभन्दा सुपथ मूल्यमा उपलब्ध गराइने उनको भनाइ छ ।
उक्त स्पोर्टस्मा हाउसमा विशेषगरी र्याकेट (ब्याडमिन्टन), ज्याकेट, जर्सी, क्रिकेट ब्याट्स, फुटबललगायतका सामग्रीहरु राखिएका छन् । खेलकुद बालकदेखि वृद्ध, व्यापारी, जागिरे, खेलकुदप्रेमी सबैलाई अत्यावश्यक भएको र यसैसँग सम्बद्ध सबै सामग्रीहरुको लागि सम्झन सबैलाई उनले आग्रह गरे ।
कार्यक्रममा युवा परिषद्का आश्विन घिमिरे, भरतपुर फुटबल क्लबका संयोजक धु्रव भुषाल, व्यापारी, खेलकुदप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83