२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

सिमेन्ट उद्योगको जथाभावी खानी उत्खनन, आधा दर्जन गाउँ जोखिममा

प्रकाशित मिति : २०७८ श्रावण ५ गते
File Photo

मकवानपुर / मकवानपुरमा सञ्चालित तीन ठूला सिमेन्ट उद्योगले जथाभावी खानी उत्खनन गर्दा आधा दर्जन गाउँ बाढी र पहिरोको जोखिममा छ। हेटौंडाको हटियास्थित शिवम् सिमेन्ट उद्योग, हेटौंडाको चुरियामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग र हेटौंडाको लामसुरेस्थित सरकारी उद्योग हेटौंडा सिमेन्ट उद्योगले आफ्ना खानीहरू जथाभावी उत्खनन गर्दा बाढी र पहिरोको जोखिम बढेको हो।
ती उद्योगलाई चाहिने कच्चा पदार्थ चुनढुंगा उत्खनन गर्दा निस्कने ओभरबडेन ९उद्योगलाई काम नलाग्ने ढुंगा माटो जथाभावी फाल्दा गत वर्षहरूमा बाढीले गर्ने क्षति बढेको छ। हेटौंडा सिमेन्ट उद्योगले गढी गाउँपालिका–५ स्थित मजुवाखानी र भीमफेदीको भैसे खानीबाट चुनढुंगा उत्खनन गर्दै आएको छ। शिवम् सिमेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा र बूढीचौरमा खानी सञ्चालन गरिरहेको छ।
चुरियामाइमा भर्खरै सञ्चालनमा आएको रिद्धिसिद्धि सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिकाको भैंसे र राक्सिराङ गाउँपालिका–४ गिङुङमा रहेको खानी र गुराँस सिमेन्ट उद्योगले कैलाश गाउँपालिका–४ स्थित लिक्चेडाँडामा खानी उत्खनन गरिरहेको छ। हेटौंडा सिमेन्ट उद्योगले मजुवा खानीबाट जथाभावी उत्खनन गर्दा यस क्षेत्रका सयौं परिवार पहिरोको जोखिममा रहेको छ। खानीबाट निस्कने ओभरबडेन जथाभावी फालिँदा पहिरो र बाढीको जोखिम बढेको स्थानीय भीम तामाङले बताए।
शिवम् सिमेन्ट उद्योगको खानी उत्खननका मकवानपुरगढी गाउँपालिकाको सुकौरामा पहिरो जाने क्रम बढेको छ। सुकौरा, बूढीचौरसँगै आमभन्ज्याङ र हेटौंडाको सामरी र राप्ती खोला आसपासका सयौं परिवार बाढीको त्रासमा रहेका छन्। खानी उत्खननका कारण पहिरो र वातावरणीय प्रदूषणका कारण सुकौराका ८० प्रतिशत स्थानीय विस्थापित भइसकेको स्थानीय जिल्लाबहादुर तामाङले बताए।
उद्योगले आफ्नो क्षेत्रभन्दा बाहिर गएर उत्खनन गर्ने, ओभरबडेन जथाभावी फाल्ने गर्दा सुकौरा, बूढीचौर, आमभन्ज्याङवासी प्रभावित भएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले बताए। ‘ठूलो बाढी पहिरो आउने हो भने हेटौंडालाई समेत असर गर्न सक्छ’, उनले भने। रिद्धिसिद्धी सिमेन्टले राक्सिराङ गाउँपालिका–४ स्थित गिङगुमा रहेको आफ्नो खानीबाट कच्चा पदार्थ उत्खनन गरिरहेको छ। खानीमुनिको बस्तीका ६० परिवार आजभोलि अनिँदो रहने गरेको छ।
‘कतिखेर खानीबाट पहिरो झर्ने हो थाहा छैन,’ उनले भने, ‘ढुंगाहरू आफैं झर्ने गरेको छ। हामीलाई बर्खा कटाउनै मुस्किल भइसक्यो।’ गिङुङका एक दर्जन परिवार भने खानी सञ्चालनसँगै विस्थापित भइरहेको छ। रिद्धिसिद्धीले कैलाश गाउँपालिकाको लिक्चेस्थित गुराँस सिमेन्ट उद्योगको खानीबाट कच्चा पदार्थ संकलन गर्दै आएको छ। उक्त खानीबाट जथाभावी उत्खनन गर्दा गत वर्षात्मा पहिरो खसेर खोला नै थुनिएकाले खानीबाट स्थानीयहरू असुरक्षित भएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए। ‘सोझा तामाङ र चेपाङहरूको सस्तोमा जग्गा लिएर विस्थापित त गरिएको छ नै, त्यसको वरिपरि बस्ने अन्य स्थानीयहरू पनि खानीको प्रभावले गाउँ छाडेर अन्यत्र जानुपर्ने बाध्यता छ,’ उनले भने। रिद्धिसिद्धी खानी प्रभावित तथा जनसरोकार मञ्च राक्सिराङका अध्यक्ष गोपाल तामाङका अनुसार खानीमा चुनढुंगा उत्खनन करिब १० प्रतिशत मात्र उद्योगलाई चाहिने ढुंगा निस्कने गरेको छ ।
अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22