मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीको लापरबाहीको कारण प्रदेश सरकारले अपजस व्यहोर्नु परेको भन्दै दु:खेसो गरेका छन् ।
बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस सरकारले खेप्नु परेको गुनासो गरे ।
‘यहाँ धेरै ठेकेदारहरुले पूर्वाधार निर्माणको काम अलपत्र पार्ने गरेका छन् । हामीले योजना बनाएकै छौँ । निर्माणको लागि ठेक्का सम्झौता गरेकै छौं । उनीहरु निर्माणको काम अलपत्र पारेर वेपत्ता हुन्छन् अनि जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका छन् ।’ उनले भने ।
उनले सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भएपनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकायको भएको बताए ।
उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ र १२ जोड्ने पुल शिलान्यास गरेको ७÷८ महिनामै करिब ६० प्रतिशत काम सम्पन्न भएको भन्दै ठेकेदार कम्पनीले त्यसबाट सिक्नुपर्ने बताए ।
यता, हेटौंडा ९ र १३ जोड्ने कुखरेनी खोलाको पुल विगत ८ बर्षदेखि अलपत्र अवस्थामा छाड्ने ठेकेदारका कारण प्रदेश सरकार गम्भीर समस्यामा पर्दै आएको उनको दु:खेसो छ ।
त्यस्तै प्रदेशसभा सचिवालयको सभाहल निर्माण सुरु गरेको बर्षदिन बितिसक्दा ठेकेदार कम्पनीकै कारण जगसमेत उठाउन नसकिएको उनको भनाई छ ।
सरकारले मात्रै चाहेर केही पनि नहुने भन्दै मुख्यमन्त्री पौडेलले सबै मुलुक समृद्ध बनाउन सबै राजनीतिक दल, क्षेत्र, सरोकारवाला निकाय र आम जनताको सहभागितामुलक सहयोग आवश्यक रहेको बताए ।
- ADVERTISEMENT -

‘काम नगर्ने ठेकेदार, अपजस खेप्ने सरकार’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













