चितवन / जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा गरिएको परिक्षणमा सो संख्यामा डेंगुको संक्रमण देखिएको हो ।
जसमध्ये चितवनका ५५ जना महिला र ९५ जना पुरुष गरी १ सय ५० जना रहेका छन् । अन्य बाहिरी जिल्लाका रहेका छन् । जिल्लामा सबैभन्दा बढी संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । महानगरमा ७४ जनामा डेंगु देखा परेको छ । यस्तै खैरहनी नगरपालिकामा २० जना, माडी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिकामा ३० जना, राप्ती नगरपालिकामा ८ जना, कालिका नगरपालिकामा ७ जनामा डेंगु देखा परेको छ ।
इच्छाकामना गाउँपालिकामा भने २ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए यो रोग बढी मात्रामा शहरी क्षेत्रमा देखिएको उनले बताए ।
एडिस एजप्टाई÷एलबोपिक्टर्स जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । शहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँहरु हुने भएकाले बढी देखिएको उनले भने ।
यस्तै केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये ३ सय १८ जनामा स्क्रफ टाईफसको संक्रमण देखिएको छ । गत आर्थिक वर्षमा २ हजार २ सय ९० जनाको परिक्षणका क्रममा सो संख्यामा स्क्रफ टाईफस देखिएको हो । उनीहरु मध्ये १ सय ७० जना जिल्लाका रहेका छन् ।
महिला ९० र पुरुष ८० जनामा स्क्रफ टाईफस देखिएको उहाँले बताउनुभयो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । स्क्रफ टाइफसका कारण भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।
यसरी हेर्दा डेंगुको संक्रमण गत वर्षभन्दा कम देखिए पनि चितवनमा स्क्रब टाइफसको संक्रमण भने गत वर्षको भन्दा दोब्बर बढी भएको देखिन्छ ।
- ADVERTISEMENT -

चितवनमा भेटिए २४७ मा डेंगु र ३१८ जनामा स्क्रब टाइफस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













