पत्रकार न्यौपानेद्वारा मानवसेवा आश्रमलाइ नगद सहयोग

0
104

गोरखा / गोरखाको शहिदलखन गाउँपालिका–१ घर भएर पत्रकारीता क्षेत्रमा कलम चलाउदै आउनुभएका पत्रकार राजेन्द्र न्यौपानेले श्रावण संक्रान्तिको अवसरमा मानवसेवा आश्रम गोरखा शाखालाई नगद सहयोग गर्नुभएको छ।

न्यौपानेले आश्रममा रहेका बालबालिकाको लागि थोरै भएपनि सहयोग मिलोस् भनेर रु. ६ हजार सहयोग गरेको बताउनुभयो। उहाँ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत हुनुहुन्छ।
न्यौपानेको सहयोग ग्रहण गर्दै आश्रम परिवारले सहयोगी मनलाई धन्यवाद ज्ञापन गरेको थियो ।