चितवन / यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीले बीमा र विपन्न सेवा उपभोग गर्न समस्या भएको छ । अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० वजेसम्म मात्रै बिपन्न र बिमाको सुबिधा दिने भएपछि अस्पताल भर्ना भएका बिरामीलाई समस्या भएको हो । अन्तरंगका बिरामीलाई बिहान र साँझ चिकित्सकले विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि उक्त सेवा उपभोगमा समस्या हुने गरेको छ ।
उदयपुरको कटारीबाट उपचारका लागि आउनु भएका खड्कबहादुर मगर अस्पतालमा भर्ना भएर वस्नु भएको १३ दिन पुगेको छ । उहाँ दिउँसो तीन बजेदेखि बिपन्न र बीमाको कार्डले काम नगरेपछि व्यक्तिगत खर्चबाट उपचार गराउँदै आउनु भएको छ । उपचारमा रहनु भएका उहाँको रेखदेखमा बस्दै आउनु भएकी उहाँकी श्रीमती मिनाकुमार मगरले भन्नुभयो “साँझ बीमा र विपन्नको कार्डले काम नगर्दा उपचारमा ठूलो रकम खर्च भएको छ ।” चिकित्सकले बिहान र साँझ विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि विपन्न र बीमाबाट खर्च गर्न दिउँसोको समयमा कुर्नुपर्ने उहाँको भनाई छ । शनिबार र सार्वजनिक विदाको दिनमा समेत उक्त सेवा नपाईने उहाँको गुनासो छ ।
उहाँले थप्नुभयो “टाढाबाट आएका छौ । समस्या भएर कस्लाई भन्ने । कसैले हाम्रो कुरा सुन्दैन ।” चिकित्सकले साँझपख मात्रै परीक्षणका लागि पठाउदा समस्या हुने गरेको उहाँको गुनासो छ । यस्तै पीडा छ सिराहबाट उपचारका लागि आउनु भएकी काजल कुमारी सिंहको पनि । उपचारका लागि अस्पतालमा भर्ना भएको एक साता भयो । उहाँले गुनासो गर्नुभयो “साँझ चिकित्सकले परीक्षण गरेपछि, ल्याब परीक्षण, एक्सरे, भिडियो एक्सरे लगायतका परीक्षण र औषधि लेखिदिनुहुन्छ । बीमा र विपन्नबाट सेवा लिन भोलिपल्ट दिउँसोसम्म कुर्नुपर्छ ।” क्यान्सर रोगको उपचारका लागि देशभरबाट र छिमेकी देश भारतबाट समेत बिरामीहरु आउने गर्दछन् ।
टाढा टाढाबाट आएका बिरामी र बिरामीका कुरुवाहरु स्वास्थ्य बीमा र विपन्नको सुविधा लिएपछि राहत पाउने आशमा रहेका हुन्छन् । तर बिहान ९ वजे देखि ३ः३० बजे सम्म मात्र त्यसले काम गर्ने र अन्य समयमा काम नगर्ने हुँदा आर्थिक समस्या आउने गरेको बिरामीका कुरुवाहरुको गुनासो रहेको छ । अस्पतालमा सार्बजनिक विदाको दिन बाहेक अन्य दिन बिहान ९ बजेबाट ३ः३० बजेसम्म बीमा र विपन्नको सुविधा पाईने अस्पतालका एक कर्मचारीले बताए ।
केही समय अघि २४ सै घण्टा सेवा दिने प्रयास गरिएको भए पनि अहिले रोकिएको हो । नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका भवदत्त शर्माले आफूले क्यान्सर अस्पतालमा उपचारका क्रममा बीमा र विपन्नको रु. २ लाखको सुविधा पाउने भएपनि रु.३५ हजार भन्दा बढी पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “मेरो खर्च भने रु.२ लाखभन्दा बढी भयो । तर बीमा र विपन्नको खर्च हुन सकेन ।” सरकारले दिएको सुविधा अस्पतालबाट पाउन नसकिएको उहाँको गुनासो थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले बीमा र विपन्नको सेवा लिने बिरामी दिउँसो १ बजेसम्म बढि हुने र त्यसपछि बीमाको रकम दावी गर्नु पर्ने भएकाले तीन बजेपछि सेवा वन्द गरिएको बताउनुभयो । उहाँले भन्न्ुभयो “अस्पतालमा त्यस्तो समस्या छैन । बिरामी र आफन्तले अनुरोध गरे सेवा विस्तार गर्न सकिन्छ ।” गत आर्थिक वर्षमा यस अस्पतालबाट बिपन्नको सेवा लिने बिरामीको संख्या ५ हजार ६ सय ६१ जना रहेको थियो । जस मध्ये ३३ जनाले बागमती प्रदेश सरकारले प्रदान गरेको सेवा समेत लिएका थिए ।
संघीय सरकारले क्यान्सर रोगको उपचारका लागि रु १ लाख र बागमती प्रदेश सरकारले रु ५० हजार विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको छ । यसैगरी स्वास्थ्य बीमा गरेकाहरुले परिवार सदस्यको आधारमा बढीमा रु. दुई लाखसम्मको सेवा पाउने गर्दछन् । क्यान्सर रोगको उपचारमा ठूलो धनराशी खर्च हुने गर्दछन् । रासस
- ADVERTISEMENT -

क्यान्सर अस्पतालका बिरामी बीमा र विपन्न सेवाबाट बन्चित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












