अदुवा तरकारीमा राख्ने एक प्रकारको मसलाजन्य परिकार हो । यसको प्रयोगले तरकारी स्वादिष्ट हुनुको साथै यो गुणकारी तथा लाभदायी छ । यसमा जिंगेरोल नामक तत्व हुन्छ । यसमा शक्तिशाली औषधीय गुणयुक्त तत्व रहेको हुन्छ । अदुवा किचनमा नभई नहुने मसला बनिसकेको छ । यसको प्रयोग आदिमकाल गर्दै आएको छ । यसको सेवनले मानव जीवनमा विभिन्न किसिमका फाइदा हुने गर्दछ । यसले के फाइदा पु¥याउँछ ? यसको फाइदाको लागि तल हेर्नुहोस् । जुन यसप्रकार रहेका छन् –
१) यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।
२) अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।
३) विहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।
४) यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुहोस् । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।
५) छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ ।
६) धेरै थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्दछ ।
७) जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।
८) बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।
९) अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।
१०) अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।
- ADVERTISEMENT -

गुणकारी अदुवा र यसका फाइदाहरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













