२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनका ५२ द्वन्द्वपीडितका उजुरी छानविन सुरु

प्रकाशित मिति : २०७८ आश्विन ११ गते

चितवन / वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले चितवनबाट परेका ५२ वटा उजुरीहरुको छानविन गरिरहेको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारीले जानकारी दिनुभयो । मानव अधिकार तथा शान्ति समाज चितवनले आइतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले केही हप्तामै परिचय पत्र समेत वितरण गर्ने जानकारी दिनुभयो ।
उजुरी परेकामध्ये केहीले परिचय पत्र पाइसक्नुभएको बताउँदै अन्यको पनि छानविन प्रकृया अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । द्वन्द्वका घाउ,पीडा र विछोडलाई मलम लगाउन आयोग गठन भएपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्दै डा. अधिकारीले आयोगसँग सिफारिस गर्ने अधिकार मात्रै भएकाले समस्या भएको बताउनुभयो ।
पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गरेपनि गृह,अर्थ लगायतका मन्त्रालयमा फाइल रिँगेको रिँगेई गर्दा पीडित थप आक्रोशित र अन्ययामा परिरहेको उहाँको भनाई थियो ।
परिचय पत्र दिएपछि अन्तरिम राहत १० लाख रुपैया उपलब्ध गराउने अहिलेको नियम छ । तर उक्त क्षतिपूर्ति समयमै उपलब्ध गराउन पटक पटक भनेपनि प्रकृयागत लम्वाइले थप समस्या भएको बताउनुभयो । आयोगमा हालसम्म ३ हजार २४३ वटा उजुरी परेका छन् । डा. अधिकारीका अनुसार ३२ जना भेट्टाएर पनि परिवारको जिम्मा लगाइएको छ भने २ हजार ४ सय ९७ वटा उजुरीको विस्तृत अनुसन्धान जारी रहेका छन् । ती मध्ये १२ सय २७ जनाले भने अन्तरिम राहत स्वरुप १० लाख रुपैया पाएका छन् ।
उजुरीपछिको अनुसन्धानका क्रममा पीडित र पीडक पहिचानलाई विशेष ध्यान दिने गरिन्छ । ३ सय परिवारका १ हजार जनालाई भने परिचय पत्र वितरण गरिसकिएको उहाँको भनाई छ ।
द्वन्द्वको समस्या समाधानका लागि सरकार,आयोग,राजनीतिक दल, सरोकारवालाहरु र पीडित पक्ष सवैबाट सहयोग भए चाँडै समाधान हुने बताउँदै आम माफी दिने गरी आफूहरुले काम नगर्ने र न्याय दिलाएरै छाड्ने उहाँको प्रतिवद्धता थियो । तर पीडित परिवारहरुले भने न आयोग न सरकारसँग न्यायको आशा रहेको बताएका थिए ।
न्याय माग गर्दागर्दै थाकिसकेको र आयोगको म्याद थपिदै जाने, राज्यको खर्च बढ्ने तर पीडितहरुको भने उमेर मात्रै बढ्ने न्याय नपाउने लज्जाष्पद अवस्था आएको भन्दै निराशा व्यक्त गरेका थिए । हुन त आयोगको कामप्रति आयोग पनि सन्तुष्ट नरहेको भन्दै डा अधिकारीले राजनीतिक प्रतिवद्धता कार्यान्वयनमा पुगे समस्या समाधान हुने बताउनुभयो ।
२०७१ वैशाखमा ऐन आयो,माघमा आयोग गठन भयो,४ वर्ष ४ महिना काम भएर १० महिना पदाधिकारीविहिन हुन पुगेको सम्झदैउहाँले पुन २०७६ माघ ९ मा पदाधिकारी नियुक्ती गरिएको र अव चाँडै उजुरी माग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष सम्भु रावतको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी राजेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सवैले सत्यतथ्य पत्ता लगाई पीडितलाई जतिसक्दो चाँडै न्याय दिलाउन आयोगसँग आग्रह गरेका थिए ।
आयोग पीडितका लागि भएको र सोही अनुसार जिम्मेवारी निभाउँदै निभ्दै गएको न्याय पाउने आशलाई जिवित बनाउन आह्वान गरेका थिए । परिवारका सदस्य नहुँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै पीडितको पीडामा राजनीति नगर्न अनुरोध समेत गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22