२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरका बिरोध खतिवडा बने स्वास्थ्यमन्त्री

प्रकाशित मिति : २०७८ आश्विन २२ गते

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वकासाथ आफैसँग राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मकवानपुर क्षेत्र नं. २ का सांसद बिरोध खतिवडाले सम्हाल्ने भएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दा खतिवडालाई महत्वपुर्ण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
बिहिबारको बैठकमा खतिवडालाई शहरी बिकास मन्त्री बनाउने सहमति भएपनि अन्तत उनी स्वास्थ्यमन्त्री बनेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय देउवाले आफ्नै पार्टी नेपाली काँग्रेससँग राख्न खोजेका थिए ।
उनले यसअघि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर सो मन्त्रालय काँग्रेसबाहेक अरु दललाई नदिने सन्देश दिइसकेका थिए । तर मन्त्रीपरिषद बिस्तार गर्ने अन्तिम तयारी चलेको बेला गठबन्धनमा मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन उनले सो मन्त्रालय नेकपा एकिकृत समाजवादीको भागमा पारेका थिए ।
विश्वव्यापी रुपमा कोभिडको प्रकोष फैलिएपछि स्वास्थ्य मन्त्रालयको भुमिका अत्यन्त महत्वपुर्ण रुपमा लिइएको छ । मन्त्री बनेका खतिवडा मकवानपुरका पुराना कम्युनिष्ट नेता हुन् ।
एकिकृत समाजवादीबाट सरकारमा सहभागी ५ जनामध्ये खतिवडा नै सबैभन्दा पुराना र धेरैपटक सांसद निर्वाचित नेता हुन् । उनी २०४८ सालको आम निर्वाचनमा नै सांसद बनेका थिए ।
त्यसयता २०५१, २०५६ र २०७४ मा उनी सांसद निर्वाचित भएका छन् । धेरैपटक सांसद बने पनि मन्त्री बन्ने अवसरबाट बञ्चित खतिवडाले यसपटक भने महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13