२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनका पत्रकार नेपालको मस्तिष्कघातका कारण निधन

प्रकाशित मिति : २०७८ आश्विन ३१ गते

चितवन / चितवनका पत्रकार द्वारिका नेपालको मस्तिष्कघातका कारण निधन भएको छ । उनको उपचारको क्रममा आज (आइतबार) बिहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा निधन भएको हो ।
असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस हुनु भएको थियो । बेहोस भई अर्धचेत हुनुभएका नेपाललाई तत्काल एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो ।
मेडिकल कलेजमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौको ग्राण्डी अस्पतालमा पु¥याएर आइसियुमा राखेर उपचार थालिएको थियो । डाक्टरका अनुसार ब्रेन ह्यामरेज भएर नेपालको निधन भएको हो ।
पत्रकार नेपाल नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपालका सदस्य, बागमती प्रदेश कमिटीका सदस्य, लामो समयदेखि चितवनको कालिका एफ.एममा कार्यरत थिए । उनी शिक्षण पेशमा समेत संलग्न थिए ।
उनको परिचय पत्रकारिता क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि उत्तिकै छ । उनका थुप्रै कृतिहरु प्रकाशित छन् । उनी हाल गजल मञ्च चितवनका अध्यक्ष थिए ।
उनको एक छोरा, एक छोरी र श्रीमती छन् । स्वर्गीय नेपाललाई आजै चितवनको भरतपुर–१०, रमाइलो चोकस्थित निवासमा राखेर अन्तिम श्रद्धाञ्जली दिई देवघाटमा अन्त्येष्टि गरिने उनका भाइ रामकान्त पौडेलले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22