२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

भरतपुर अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते

चितवन / भरतपुर अस्पतालले ओपिडी अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गरिएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए । यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
उनले भने, ‘अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ । दुई÷तीन सय जनाले अनलाइन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।’ अनलाइन टिकट सुरु गरेसँगै टिकट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपिडी सेवा सुरु गरेको थियो । बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो ।
बिहान ८ देखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेदेखि जिओपिडी परीक्षण गरिन्छ । यी दुवै सेवा सञ्चालन भएसँगै टिकट काट्न र ओपिडी परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ । रकमको भुक्तानी खल्ती सेवाबाट गर्न सकिनेछ । टिकटको शुल्क रु ३० रहेको छ ।
सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22