चितवन / सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ओमप्रसाद लामिछाने निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट शुक्रवारको अन्तिम मत परिणाम अनुसार लामिछाने विजयी भएको हो । उनले निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीलाई ३८ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेस, एकिकृत समाजवादी पार्टीले छुट्टाछुटै प्यानल बनाएका थिए । एकिकृत समाजवादीले उम्मेदवारी नदिए पनि कांग्रेस निकटका उम्मेदवारलाई मत दिन ह्वीप जारी गरेको थियो ।
अध्यक्षमा निर्वाचित ओम लामिछानेले कुल खसेको मतमा ६१४ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीले मत ५७६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक द्रोण प्रसाद लामिछानेले जानकारी दिए ।
उपाध्यक्षमा दिपक लामिछाने ७०५ र उनका प्रतिद्धन्द्धी भीम प्रसाद खनालले ४७० मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा लालु प्रसाद दाहालले ६६२ तथा उनकाप्रतिद्धन्द्धी विद्याधर वास्तोलाले ५१७ मत प्राप्त गरे । कोषाध्यक्षमा कविता न्यौपानेले ६२६ मत पाउँदा उनका प्रतिद्धन्द्धी जितेन्द्र वाग्लेले ५०९ मत पाए ।
यस्तै सहकारीको संचालक समिति सदस्यहरुमा शिशिर सिंखडा ६९८ मत, खेमलाल अधिकारीले ६०१, टंकबहादुर थापा ५९० मत,मेघ प्रसाद पन्त ५६४ मत, गोमा आचार्य घिमिरे ५६१ मत, कृष्ण प्रसाद भट्ट ५६१ मत र चन्द्र प्रसाद लामिछानेले ५४१ मत प्राप्त गरेको हो ।
सहकारीको लेखा समिति संयोजकमा एमाले र माओवादी प्यानलका विष्णु मणि लामिछानेले ५९९ मत प्राप्त गरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा होम प्रसाद भट्टले ५९३ मत र वुद्धि बोम्जनले ५६२ मत ल्याई विजयी भएका हुन् ।
सदस्य पदका निकटतम प्रतिद्धन्द्धी कृष्णराज लामिछानेले ४४२ र युवराज खतिवडाले ५०६ मत प्राप्त गरेका थिए । संचालक समिति सदस्यमा कांग्रेस निकटका टंकप्रसाद थापा विजयी भएका हुन् भने अन्य सवै उम्मेदवार एमाले र माओवादी निकटका हुन् । निर्वाचनमा १३६३ मत खसेको थियो ।
- ADVERTISEMENT -

सुरक्षित सहकारीको अध्यक्षमा लामिछाने विजयी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













