March 28, 2024

राप्ती प्रेस सेन्टरको नेतृत्वमा गोपाल विश्वकर्मा

November 22, 2021

चितवन / प्रेस सेन्टर चितवनले स्थानीय संरचना अनुसार राप्ती नगरपालिकामा शाखा बिस्तार गरेको छ । राप्ती शाखामा पत्रकार गोपाल विश्वकर्माको नेतृत्वमा ११ सदस्यीय कमिटी आइतबार सर्वसम्मत चयन गरेको हो ।
यस्तैगरी उपाध्यक्षमा दुर्गा दाहाल, सचिवमा सुजा गौतम र कोषाध्यक्षमा महेश राई रहेका छन् भने सदस्यहरूमा प्रभा वर्तौला, विवस पाठक, विश्वनाथ गौतम, निशा परियार, सन्देश घलान, सुन्दर श्रेष्ठ, प्रेम वरूवाल र सोवी उप्रेती रहेका छन् ।
प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न भेलामा स्थानीय संरचना अनुसार शाखा विस्तारका बारेमा जिल्ला सचिव राजेन्द्र आचार्यले प्रष्ट पारेका थिए ।
नेकपा माओवादी राप्ती नगर कमिटीका ईन्चार्ज मानबहादुर स्याङ्बोको प्रमुख अतिथि रहेको कार्यक्रममा राप्ती सह ईन्चार्ज रामजी कडेंल, नगर अध्यक्ष रामचन्द्र पाठक, प्रेस सेन्टर चितवन सदस्यद्वय नवीन मरहटटा र रवि अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -