२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनका दुई ठूला महोत्सव एकैपटक, दुई दिनको फरकमा सुरु

प्रकाशित मिति : २०७८ मंसिर २३ गते

–प्रमिला तामाङ
चितवन / चितवनमा एउटै उद्देश्यसहित दुई ठूला महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनले ‘चितवन महोत्सव २०७८’ र रत्ननगर उद्योग वाणिज्य संघले ‘रत्ननगर महोत्सव २०७८’ संयुक्त रुपमा सुरु गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन महोत्सव पौष २५ देखि माघ ४ गतेसम्म र रत्ननगर महोत्सव पौष २७ देखि माघ ८ गते सम्म सञ्चालन हुने जानकारी दिए । चितवन जिल्ला कृषि, शिक्षा, स्वास्थ्य पर्यटनलगायत समग्र आर्थिक तथा सामाजिक विकासका लागि महोत्सव हुन लागिएको उनले बताए ।
उनले व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यकासाथ महोत्सव सुरु गर्न लागिएको बताए । फरक मिति र स्थानमा महोत्सव आयोजना गरिए तापनि दुबै महोत्सवको उद्देश्य यस क्षेत्रको आर्थिक रुपान्तरण योगदान पुर्याउने उनको भनाइ थियो ।
कोभिडका महामारीका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव यसवर्ष भने २ दिनको फरकमा सञ्चालनमा आउन लागेका हुन् । वि.सं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ । सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो । यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ ।
चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सब टिकौली चौरमा हुँदैछ । दुवै महोत्सब एकै वर्ष परेपनि दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको बताउदै सबैको सल्लाहमा नै मिति तय गरिएको जानकारी दिए । श्रेष्ठले एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरीनै काम अघि बढेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले कोरोना महामारीका कारण चितवन महोत्सब सरेको अवस्थामा र फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताए । उता चितवन महोत्सवमा ४०४ कक्ष हुने र विगत वर्षहरुमा झै महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण सङ्ख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । विगतको तथ्याङ्कलाई हेर्ने हो भने चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो भने यस वर्ष पनि सोही अनुपातमा ब्यापार हुने र पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा यस वर्ष ३५० मात्रै राखिने संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य संघ–चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22