२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

माघे संक्रान्तिमा खुवाईए चेपाङ बालबालिकालाई “नेवारी खाना”

प्रकाशित मिति : २०७८ माघ १ गते

चितवन / पुर्वी चितवनको रत्ननगर-१०, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रबास) मा आश्रित चेपाङ विद्यार्थीहरुलाई माघे संक्रान्तिको अबसरमा नेवारी खाना खुवाईएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था तथा सुकुल रेस्टुरेन्ट रत्ननगर-१, सौराहाचोकको आयोजनामा चेपाङ बालबालिकाहरुलाई सांस्कृतिक नेवारी भोज (लप्ते भ्वये) गराईएको हो ।
चेपाङ समुदायलाई पनि नेवारी भोजको बारेमा जानकारी दिलाउन यस प्रकारको कार्यक्रम गरिएको सहकारी कि सौराहा चोक शाखा प्रमुख जुलि भट्टले जानकारी दिनु भयो । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज चेपाङ बालबालिकालाई विभिन्न १५ प्रकारका परिकार खुवाईएको शाखा प्रमुख भट्टले बताउनु भयो ।
सो सहकारीले हाल सौराहाचोकमा गार्डेन मार्ट पनि संचालन गर्दै आएको छ । सो मार्ट परिसरमा नै सहकारीले आगामी १ महिना भित्र पहिलो नेवारी सुकुल रेस्टुरेन्ट समेत संचालन गर्दै छ । देशको विभिन्न स्थानमा यस प्रकारको रेस्टुरेन्ट खोल्ने योजना समेत रहेको भट्टले बताउनु भयो । सो रेस्टुरेन्टमा भक्तपुरे नेवारी खाना पाइने उहाँले बताउनु भयो ।
हाल सो सहकारीको देशभर २४ वटा ग्राहक सेवा केन्द्र, १५ वटा गार्डेनमार्ट समेत संचालनमा रहेको छ । सो अबसरमा चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्मा, सो सुकुल रेस्टुरेन्टका प्रमुखद्वय आर्जित खडका र दिपक श्रेष्ठ, सहकारीकि सदस्य राधा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सो चेपाङ केन्द्रमा चितवनको पहाडी बिपन्न बस्तीका २ सय चेपाङ बालबालिका आवासिय रूपमा रही अध्ययन गरिरहेका छन । केन्द्रको दिगो आम्दानीको श्रोत नहुँदा बिपन्न चेपाङ विद्यार्थीहरुलाई पढाउन र आवासीय रूपमा ब्यबस्थापन गर्न सहयोगी दाताहरुकै भर पर्नुपरेको केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51