नेपालमा संक्रमितको संख्या नाघ्यो २० हजार

0
20

काठमाण्डौं / नेपालमा कारोना संक्रमितको दर बढ्न थालेको छ । गत २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा जानकारी दिएको छ।
शनिबार थपिएको ३ सय १५ संक्रमित सहित नेपालमा जम्मा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।
त्यस्तै ९३ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो। योसँगै निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।