२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सिन्धुलीगढी’ फिल्म निर्माण हुने, एसएस राजामौलीले सहयोग गर्ने

प्रकाशित मिति : २०७८ माघ १२ गते
file photo.

काठमाण्डौ / नेपालमा ऐतिहासिक घटनाक्रममाथि फिल्म बन्ने क्रम बढिरहेको समयमा वि.सं १९२४ ताका नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा आधारित भएर फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने भएको छ । मंगलवार चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिएको हो । सास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई विश्वमणि घिमिरेले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी स्वयंको हो ।
सास अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन सिन्धुलीगढी र काभ्रे हुने जनाइएको छ । निर्माता अधिकारीले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान पश्चात् फिल्म निर्माण गर्न लागेको फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले फिल्मलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने पनि बताएका छन् । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा हुनेछ ।
निर्माता अधिकारीले फिल्मलाई हिन्दी र अङ्ग्रेजी भाषामा डब गरिने जानकारी दिए । नेपाली फिल्मको इतिहासमै ठूलो लगानीमा फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने उनको भनाई छ । उनले फिल्मका लागि मुख्य कलाकारहरु अडिसनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताए । विकास बोडको इजाजत पत्रमा भने कलाकारहरुमा मनोज भेटवाल, लक्ष्मी भट्टराई र सुधा कार्कीको नाम छ ।
कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । निर्देशक घिमिरेले फिल्मको कसरी छायांकन गर्ने भन्ने विषयमा एसएस राजामौलीसँग छलफल भइरहेको बताए । राजामौलीकै संलग्नतामा फिल्मको पोष्ट प्रोडक्सनको काम हुने पनि उनले जानकारी दिए । उनका अनुसार, फिल्ममा बढीजसो भिजुअल इफेक्ट्सको प्रयोग हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13