२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

तामाङ समुदायका तीन उत्कृष्ट विधाका विजेताहरुलाई सम्मान

प्रकाशित मिति : २०७८ माघ २७ गते
Photo : Binay Dong Tamang

काठमाडौं / नेपाल राष्ट्रिय तामाङ घेदुङले तामाङ समुदायका विभिन्न समयमा उत्कृष्ट तीन विधाका विजेताहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । घेदुङले मिस वल्र्ड तामाङ २०२१ विजेता साङडोमा तामाङ, मिस कस्मोपोलिटन वल्र्ड २०१९ विजेता प्रियारानी लामा, मिस मंगोल नेपाल २०२१ विजेता अप्रिला घिसिङ र मिस तामाङ सफलता थिङलाई निर्माणाधीन तामाङ भवन चपलिमा बुधबार बधाई तथा सम्मान गरेको हो ।
सम्मानित हुँदै विजेताहरु साङडोमा तामाङ, प्रियारानी लामा र अप्रिला घिसिङले आ–आफ्नो अनुभवहरु आदानप्रदान गरेका थिए । तामाङ समुदायको विकासको लागि सधैँ एकजुट भएर अघि बढ्ने उनीहरुको प्रतिबद्धता थियो ।
कार्यक्रमका प्रमुख अतिथि देवकुमार योन्जनले तामाङ समुदायको गरिमालाई थप उच्च बनाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योन्जन र प्रमुख अतिथि देवकुमार योन्जनले संयुक्त रुपमा विजेताहरुलाई सम्मान पत्र र खादाले सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान, नेपाल नागरिक उडायन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तान, तामाङ चलचित्र निर्देशक तथा फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष बिनय दोङ तामाङ, महिला घेदुङका अध्यक्ष बबिता योन्जन, फोनिज नेपाल बागमती प्रदेशका हरिश गोले तामाङ र लक्ष्मी लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योन्जनको सभापतित्वमा सम्पन्न भएको थियो । घेदुङका पूर्व महासचिव डाक्टर छिरिङ योन्जनले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव प्रविणकुमार बलले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83