२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

संक्रमित बढेपछि १४ जिल्लाका विभिन्न ठाउँसहित ६ जिल्लामा पूर्ण निषेधाज्ञा

प्रकाशित मिति : २०७७ श्रावण २१ गते

काठमाडौँ / कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले १४ जिल्लाका विभिन्‍न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । यस्तै, ६ जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाहरुमा संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।
सप्‍तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
यस्तै, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरुमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।
नुवाकोट पूर्व बाहैवेर भन्ज्याङ,पश्चिम नयाँ चौतारा,उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरी डाँडा र हिलेटोलमा अर्को आदेश नभएसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
मोरङको विरानगर महानगरपालिकामा साउन ३० गतेसम्म,महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २१ गतेसम्म र दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नभएसम्म् र बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि निषेधाज्ञा गरिएको हो । मंगलबारसम्म मुलुकभरमा २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जना कोरोनाको संक्रमणबाट निधन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51