२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

ट्राफिक प्रहरी प्रमुख अधिकारीलाई उवासंघको स्वागत, दुर्घटना न्यूनीकरणमा जोड दिन आग्रह

प्रकाशित मिति : २०७९ बैशाख ९ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवनले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धि छलफल सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा भर्खरै सरुवा भई आउनु भएका ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर अधिकारीलाई स्वागतसहित उक्त छलफल सम्पन्न गरेको हो ।
उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन नेपालको मध्य भागमा अवस्थित भएको कारण सवारी साधनको चाप बढेको बताए । उनले औद्योगिक तथा व्यावसायिक विकासस“गै सवारी चाप बृद्धि भएकोले सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
मूल सडक र शाखा खडकको ट्राफिक व्यवस्थापन गर्नका लागि छुट्टाछुट्टै रणनिति तय गरिनुपर्ने सुझाउ“दै यसका लागि निजी क्षेत्रको तर्फबाट सहकार्य र सहयोग रहने उनको भनाइ थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर थापाले चितवन जिल्लाको ट्राफिक व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने बताए । खाकाको लिखित प्रारुप प्राप्त भएमा योजनालाई अझ बढी परिस्कृत गराउँदै सहकार्य गर्ने उनले भने ।
संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले सार्वजनिक, निजी साझेदारी अवधारणा अन्र्तगत रही दुर्घटना न्यूनीकरणका साथसाथै बजार र ट्राफिक व्यवस्थापन गर्न सकिने बताए ।
चितवन जिल्लाको ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन र व्यावसायिक सुरक्षाका सम्बन्धमा संघले नियमित रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।
कार्यक्रममा सहभागीहरुले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापनका सम्बन्धमा बिभिन्न जिज्ञासा राख्नुका साथसाथै सुझावहरु समेत पेश गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22