मकवानपुर / भीमफेदी गाउँपालिका वडा नं. ५ का उमेदवार दिपक पुडासैनीले आफ्नो समर्थन पाँच पार्टी गठबन्धनलाई रहेको घोषणा गरेको छ । गाउँपालिकामा वडाअध्यक्षको स्वतन्त्र उमेदवारी दिएका पुडासैनीले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो समर्थन पाँच पार्टी गठबन्धनलाई रहेको जनाएको हो । यससँगै उनी स्वतन्त्र उमेदवारीबाट निष्क्रिय भएका छन् ।
पुडासैनीले निर्वाचन आयोगबाट प्राप्त गर्ने चुनाव चिन्ह आँप पाइसकेका थिए भने ‘हातहातमा मल र विउ साथसाथमा प्राविधिक, खातामा कृषि लोन र अनुदान, समृद्ध किसान नै मेरो सपना’ भन्ने नाराका साथ आफ्नो उमेदवारी दिएका थिए । उनी एक व्यावसायिक किसान समेत हुन् ।
उनका अनुसार भीमफेदी गाउँपालिकामा चुनाव जितेर गएका जनप्रतिनिधिले पर्यटन तथा कृषिको क्षेत्रमा खासै केही गर्न सकेको छैन । पालिकाको विकासको लागि विभिन्न सुझावसहित योजना दिँदा पनि कुनै सम्बोधन नगरिएको, कृषकलाई तुच्छ व्यवहार गरिएको र कृषि हितको विपरीत काम भएको उनको गुनासो छ ।
एमाले पाटीले किसान र जनताको हित प्रबर्द्धन गर्न नसक्ने र किसानलाई मान्छे नै नठान्ने भएकोले नै बाध्य भएर स्वतन्त्र उमेदवारी दिएको जिकिर गरेका छन् ।
गठबन्धनले गरेको सकरात्मक सुझाव र कृषि पर्यटनको योजनालाई जिल्ला तहदेखि पालिका तहसम्मका लिखित सहमति गरेको उनले जनाएको छ । किसान हितको लागि सहयोग गर्ने सहमतिसँगै भीमफेदीका आम जनसमुदायलाई गठबन्धनका भीमफेदी गाउँपालिका अध्यक्ष लगायतका उमेदवारलाई भोट हाल्न उनले आह्वान गरेका छन् ।
- ADVERTISEMENT -

स्वतन्त्र उमेदवारका पुडासैनी गठबन्धनको समर्थनमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













