२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते
चितवनको नारायणगढ बजार ।

चितवन / संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि चितवनका सात स्थानीय तहलाई जम्मा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमार्फत एक अर्ब ५० करोड तीन लाख, सशर्त अनुदानमार्फत दुई अर्ब ९५ करोड ३० लाख, विशेष अनुदान मार्फत १८ करोड २८ लाख र समपुरक अनुदानमार्फत आठ करोड ६० लाख विनियिजन गरेको छ ।
कुन पालिकाले कति ?
सरकारबाट चितवनको भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि महानगरले उक्त आकारको बजेट पाएको हो ।
भरतपुरले चालु आर्थिक वर्ष ०७८÷७९ को भन्दा आगामी आवका लागि १५ करोड ९६ लाख रुपैयाँ बढी अनुदान बजेट पाएको हो । चालु आर्थिक वर्षमा भरतपुरके एक अर्ब ६४ करोड २८ लाख रुपैयाँ बजेट पाएको थियो ।
भरतपुरले समानीकरण अनुदानमा ५१ करोड ५९ लाख पाएको छ । यस्तै सशर्तमा एक अर्व २२ करोड ४५ लाख, विशेष अनुदानमा दुई करोड ५० लाख र तीन करोड ६० लाख करोड ८ लाख रुपैयाँ पाएको छ ।
चितवनको रत्ननगर नगरपालिकाले ५९ करोड ७२ लाख अनुदान बजेट प्राप्त गरेको छ । रत्ननगरले समानीकरण अनुदानमा २० करोड ९६ लाख, सशर्तमा ३३ करोड ७६ लाख र बिशेषमा पाँच करोड पाएको छ ।
यस्तै कालिका नगरपालिकाले ४० करोड ९८ लाख अनुदान बजेट पाएको छ । जसमा समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, बिशेष अनुदान एक करोड र समपुरक अनुदान एक करोड रहेको छ ।
खैरहनी नगरपालिकाले ४८ करोड ८ लाख बजेट प्राप्त गरेको छ । जसमा समानीकरण अनुदान १८ करोड १८ लाख, सशर्त अनुदान २५ करोड १२ लाख, बिशेष अनुदान तीन करोड ५८ लाख र समपुरक अनुदान एक करोड २० लाख रहेको छ ।
माडी नगरपालिकाको लागि ४९ करोड ६० लाख बजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदान १३ करोड ९२ लाख, सशर्त अनुदान ३१ करोड ९८ लाख, बिशेष अनुदान दुई करोड ५० लाख र समपुरक अनुदान एक करोड २० लाख रहेको छ ।
राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५९ लाख बजेट प्राप्त गरेको छ । राप्तीले समानीकरण अनुदान १८ करोड ५३ लाख, सशर्त अनुदान ३४ करोड २६ लाख, बिशेष अनुदान दुई करोड र समपुरक अनुदान ८० लाख पाएको छ ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका लागि ३८ करोड बजेट विनियोजन भएको छ । जसमा समानीकरण अनुदान ११ करोड १९ लाख, सशर्त अनुदान २४ करोड ३१ लाख, बिशेष अनुदान एक करोड ७० लाख र समपुरक अनुदान ८० लाख रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51