२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

मिटर ब्याज पीडित : काठमाडौंमा आन्दोलन सुरु

प्रकाशित मिति : २०७९ असार ३ गते

काठमाडौँ / मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।
नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन शुरु गरेका हुन् । साहू जगदिशका दाजुभाईसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदा समेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राज कुमारले बताउनु भयो ।
उहाँले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको बताउनु भयो । उहाँले भन्नुभयो,‘मलाई विदेश पठाउनको लागि बुबाले साहू महाजनसँग कर्जामा १ लाख ५० हजार रुपौया लिनुभएको थियो । डेढ लाख कर्जामा मैले विदेशमा गएर ६ वर्ष बसेँ तर ऋण पूरा गर्न सकेको छैन । मैले ६ वर्षको कमाई १२ लाख जति दिइसके । तर अझै पूरा भएको छैन पैसा देउ । हामीले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको छौं ।’
त्यस्तै अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताउनु भयो । उहाँले बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको बताउनु भयो । बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गर्नुभयो । जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितले बताउनु भयो ।
त्यस्तै अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताउनु भयो । उहाँले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरुको लेखाई नभएको भन्दै बाँकी पैसा माग्ने गरेकोसमेत बताउनु भयो । गुप्ताले जनता मार अपराधीलाई कारबाही गरेर मात्रै जानको लागि काठमाडौं आएको बताउनु भयो ।
आन्दोलनमा आएकाहरुले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरेर भूमिहिन भएको बताएका छन् । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन,जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार,मिटर ब्याज लिनेलाई कारबाही गर्,मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहिन बनाउन पाइँदैन,लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22