चितवन / चितवनका पुराना पत्रकार दीपक आचार्यले प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज (शनिबार) आयोजना गरेको कार्यक्रममा आचार्यले आफ्नो अध्यक्षमा उमेदवारी रहने बताए । उनी हाल प्रेस युनियनको वरिष्ठ उपाध्यक्ष हुन् ।
वि.सं. २०५३ सालदेखि स्थानीयस्तरमा सक्रिय पत्रकारीता गर्दै आउनु भएका आचार्य चितवनबाट प्रकाशित नयाँ सृष्टी साप्ताहिकको कार्यकारी सम्पादक र पिपलबोट साप्ताहिकको प्रधान सम्पादकको जिम्मेवारी समेत निर्बाह गरी सक्नु भएको छ । उनी कान्तिपुर साप्ताहिकको समाचारदाता, नेपाल साप्ताहिक, समाचार पत्र, हिमालय टाइम्स, च्यानल नेपाल, स्पेस टाइम्स र नयाँ सडक पत्रिकामा काम गर्नु भइसकेको छ ।
उम्मेदवारी घोषणा सभामा बोल्दै आचार्यले पत्रकारिताको स्थायीत्व र श्रमको उचित मूल्याङ्कन आफ्नो मुख्य मुद्धाको रुपमा रहेको बताए । हरेक आन्दोलनमा सक्रिय भूमिका निर्बाह गर्ने सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरुको हक अधिकारका लागि आफू सधैँ लाग्ने उनले बताए ।
उनले भने, ‘अहिले पत्रकारिता क्षेत्र विषम परिस्थितिबाट गुज्रिएको छ, यसलाई माथि उठाउन जरुरी छ ।’ नागरिकलाई संविधानले प्रदान गरेका अधिकार सुनिश्चितता दिलाउनका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै आचार्यले स्थानीय, प्रदेश र संघिय सरकारलाई मिडिया मैत्रि कानुन बनाउन घचघच्याउने आफ्नो जिम्मेवारी रहेको बताए ।
मिडियामा प्रविधिको उच्चतम प्रयोग गर्दै राज्यको प्रतिपक्षको रुपमा उभ्याउनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
घोषणा सभामा बोल्दै युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले वरिष्ठ उपाध्यक्षको जिल्ला भएकाले चितवनले अध्यक्षको दावी गर्नु स्वभाविक रहेको बताए । उनले भने, ‘तल्लो तहबाट संगठन निर्माणमा जुट्नु भएका आचार्यको दाबीलाई सहज रुपमा लिनु पर्छ ।’
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले आचार्यको उम्मेदवारी घोषणासँगै विजयीको सुरुवात भएको बताए । उनले भने, ‘युनियनलाई सशक्त बनाउँदै श्रमजीविको पक्षमा लैजानका लागि आचार्यको नेतृत्व आवश्यक छ ।’
घोषणा सभामा प्रेस चौतारी बागमती प्रदेशका सह–इन्चार्ज शालिग्राम नेपाल र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणी ज्ञवालीले पनि आचार्यलाई शुभकामना दिएका थिए । युनियनको नवौ महाधिवेशन यही साउन ६ र ७ गते बागमती प्रदेशको हेटौंडामा हुँदैछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रेस युनियनको नवौ अधिवेशन : अध्यक्षमा आचार्यको उम्मेदवारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












